मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको तेस्रो कार्यसमिति चयन, बिक्रम शर्मा अध्यक्ष निर्वाचित

मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको तेस्रो कार्यसमिति चयन, बिक्रम शर्मा अध्यक्ष निर्वाचित
नेपालआईज
२ असार २०८२ ४:०१

 

ट्रुगानिना,मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट (MNCW) को वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै बिक्रम शर्माको अध्यक्षतामा तेस्रो कार्यसमिति निर्वाचित गरेको छ।

नवगठित कार्यसमितिमा प्रकाश तिमिल्सिना वरिष्ठ उपाध्यक्ष, पुस्कर पान्डे उपाध्यक्ष, विवेक लुइँटेल सचिव, दीपा आचार्य कोषाध्यक्ष रहेका छन्। त्यस्तै, सदस्यहरूमा दीपेन्द्र खड्का, कुमार तामाङ, राजेश जैसवाल, तिलक सापकोटा, अनिल केसी र जीवन बिस्ट चयन भएका छन्।

साधारण सभाले संस्थाको संविधान परिमार्जन गर्ने निर्णयसमेत गरेको छ। कार्यक्रममा कोषाध्यक्ष तिलक सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सह-सचिव प्रकाश तिमिल्सिनाले गत वर्षका गतिविधिको प्रतिवेदनसहित कार्यक्रमको सञ्चालन गरेका थिए।

नव-निर्वाचित कार्यसमितिको पहिलो बैठकले प्रक्रिया पुरा गर्दै २१ सदस्यीय पूर्ण कार्यसमिति निर्माण गर्ने जिम्मेवारी पाएको छ।

विशेष गरी निवर्तमान अध्यक्ष मनिषा अर्यालको नेतृत्वमा संस्था अष्ट्रेलियाली नेताहरूको सहभागिता रहेको उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गर्दै आर्थिक सुदृढीकरणमा समेत सफल भएको बताइएको छ। नयाँ समितिलाई उल्लेखनीय आर्थिक संचित रकमसहित जिम्मेवारी हस्तान्तरण गरिएको छ।

MNCW ले आयोजना गरेको पछिल्लो फागु पूर्णिमामा गैरआवासीय नेपाली संघ (NRNA) का पूर्व अध्यक्ष शेष घले, अष्ट्रेलियन संघीय सांसदकी उम्मेदवार मिरा डि सिल्भा, विन्डेमभेल काउन्सिलकी मेयर मिया शा लगायत अतिथिहरू नेपाली गीतमा छमछमी नाचेको दृश्यले निकै चर्चा पाएको थियो।

🎥 नाचको भिडियो हेर्नुहोस्

उक्त साधारण सभाका लागि निर्वाचन समिति गठन गर्न लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. तिलक पोखरेललाई जिम्मा दिइएको थियो। सोही समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरी नयाँ कार्यसमितिको घोषणा गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर