जनजीविकाको सवाल

अब भिक्टोरियामा लिबरल पार्टीले बहुसांस्कृतिक समुदायसँगै अर्को चुनाव जित्ने रणनीति बुन्दै!

अब भिक्टोरियामा लिबरल पार्टीले बहुसांस्कृतिक समुदायसँगै अर्को चुनाव जित्ने रणनीति बुन्दै!
छत्र शंकर
४ असार २०८२ २३:३०

मेलबर्न । भिक्टोरियाको लिबरल पार्टीले आगामी चुनावको तयारी थाल्दै बहुसांस्कृतिक समुदायसँग प्रत्यक्ष संवाद प्रारम्भ गरेको छ। यसै सन्दर्भमा बुधवार साँझ मेलबर्नस्थित पार्लियामेन्ट हाउस मा आयोजित “मल्टिकल्चरल प्रेस कन्फरेन्स” मा लिबरल नेताहरूले आप्रवासी समुदायका पत्रकारहरूसँग छलफल गर्दै नेतृत्व समूह र प्राथमिकताहरू सार्वजनिक गरेका हुन्।

कार्यक्रमको प्रारम्भमा बहुसांस्कृतिक सल्लाहकार पेटा रिड ले स्वागत मन्तव्य र कार्यतालिका प्रस्तुत गरिन्। प्रमुख वक्ताका रूपमा विपक्षी नेता तथा साना तथा मझौला व्यवसायमन्त्रीका छायाँ मन्त्री ब्राड बेटिन ले पत्रकारहरूसँग संवाद गरे। उनले भिक्टोरियामा युथ क्राइम, अफोर्डेबल हाउजिङ, सहुलियत दरको ग्यास वितरण, र सस्तो शिक्षाजस्ता जनजीविकाका विषयहरू लिबरल पार्टीको प्रमुख प्राथमिकता भएको स्पष्ट गरे। साथै, उनले लेबर पार्टीले पनि अहिलेबाटै आगामी चुनावको तयारी थालेको दाबी गरे।

प्रेस कन्फरेन्समा सहभागी अन्य वरिष्ठ नेताहरूले पनि बहुसांस्कृतिक र आप्रवासी समुदायप्रति आफ्नो प्रतिबद्धता जनाए। साम ग्रोथ, पार्टीका उपनेता तथा खेलकुद, पर्यटन र आउटडोर मनोरञ्जनका छायाँ मन्त्रीले प्यारेन्ट टुरिष्ट भिसा सम्बन्धी विषयमा पार्टीको चासो रहेको उल्लेख गरे। इभान मुलहोल्याण्ड, बहुसांस्कृतिक मामिला तथा रचनात्मक उद्योगका छायाँ मन्त्रीले भिक्टोरियाको बहुसांस्कृतिक समाजको योगदानको प्रशंसा गर्दै आफ्ना मुद्दाहरू संसदमा निरन्तर उठाउँदै आएको बताए।  सम्मेलनमा लिबरल नेता डेभिड डेविस तथा शिक्षा, औद्योगिक तथा आर्थिक वृद्धिका छायाँ मन्त्री जेस विल्सन को समेत उपस्थिति थियो।

कार्यक्रममा अष्ट्रेलियाका विभिन्न बहुसांस्कृतिक मिडियाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो। नेपाली समुदायतर्फबाट चिरञ्जीवी देवकोटा, निरु त्रिपाठी, अनिश शर्मा गैरे, र छत्र शंकर समेत सहभागी थिए।

लिबरल पार्टीले संघीय चुनावमा भोगेको पराजयबाट पाठ सिक्दै बहुसांस्कृतिक समुदायसँगको सम्बन्धलाई सुदृढ बनाउने रणनीति अघि सारेको देखिन्छ।

 

Photo Credit : Kyad Photography & Media Services

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर