आकर्षक एजेन्डा सहित युवा संयोजकमा भिक्टोरियाबाट सनराइज ज्ञवालीको उम्मेदवारी घोषणा

आकर्षक एजेन्डा सहित युवा संयोजकमा भिक्टोरियाबाट सनराइज ज्ञवालीको उम्मेदवारी घोषणा
नेपालआईज
२० असार २०८२ २०:४८

 

मेलबर्न | एनआरएनए अष्ट्रेलियाको २०२५ को निर्वाचनलाई लक्षित गर्दै भिक्टोरिया राज्यको युवा संयोजक पदमा सनराइज ज्ञवालीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले टिम एकताको तर्फबाट उम्मेदवारी दिएका हुन्।

“युवालाई आश्वासन होइन, एक्शन चाहिन्छ” भन्ने नाराका साथ मैदानमा उत्रिएका ज्ञवाली पूर्व अन्तर्राष्ट्रिय विद्यार्थी, सफल उद्यमी, फिटनेस प्रशिक्षक तथा भिपासना ध्यान अभ्यासकर्ता समेत हुन्।

उनले अष्ट्रेलिया र नेपालमा युवाका चुनौती, संघर्ष र सम्भावनालाई आत्मसात् गर्दै वास्तविक र कार्यान्वयनयोग्य योजनासहित उम्मेदवारी दर्ता गरेका छन्।

एजेन्डाहरू

  •  युवा हेल्प डेस्क – थोमास्टाउनमा स्थायी कार्यालयमार्फत प्रत्यक्ष सहयोग
  • मानसिक स्वास्थ्य कार्यक्रम – ध्यान, ब्रीदिङ र गैर–न्यायिक सहयोग
  • निःशुल्क फिटनेस कोचिङ – प्रमाणित योजनाअनुसार व्यायाम र आहार सल्लाह
  • उद्यमशीलता सम्मेलन – युवा व्यवसायीलाई मार्गदर्शन
  • डिजिटल सीप विकास – Canva, AI, फ्रीलान्सिङ लगायत सीपमूलक प्रशिक्षण
  •  सांस्कृतिक/रचनात्मक मंच – संगीत, कला, पोडकास्ट र आत्म–अभिव्यक्ति
  •  करियर तथा माइग्रेशन सल्लाह – मासिक सत्र, एजेन्ट र विशेषज्ञहरूको सहभागिता
  •  नेपाल लगानी जडान – युवालाई नेपालमा लगानी र रोजगारीतर्फ उत्प्रेरणा
  •  विद्यार्थी कार्यक्रम/समुदाय एकता – BBQ, हाइक, रोजगार टिप्स, नेटवर्किङ

किन सनराइज ज्ञवाली?

  • पूर्व अन्तर्राष्ट्रिय विद्यार्थीको जीवन भोगाइ
  • अष्ट्रेलिया र नेपालमा सफल व्यवसाय सञ्चालन
  •  नेपालमा २०+ जनालाई रोजगारी सिर्जना
  •  भिपासना ध्यान अभ्यास र जीवनशैली प्रशिक्षक
  •  कोभिडकालमा विद्यार्थीलाई राहतदेखि एयरपोर्ट पिकअपसम्म सहयोग

ज्ञवाली भन्छन्, “म पदको लागि होइन, सेवाको लागि उम्मेदवार हुँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर