मेलबर्न | गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५ निर्वाचन अभियान सुरु भइरहँदा भिक्टोरिया राज्य संयोजक पदका लागि महादेव धानुकले आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
१५ वर्षदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका धानुक हाल एनआरएनए भिक्टोरियाका डिपुटी को–अर्डिनेटर हुन्। यसअघि उनी दुई वर्षसम्म एनसीसी सदस्यको रूपमा पनि कार्यरत थिए।
एजेण्डा
- नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने
- आपतकालीन सहयोग र विद्यार्थीका लागि सहायता प्रणाली
- सामाजिक, सांस्कृतिक, खेलकुद कार्यक्रमको सशक्तीकरण
- सामुदायिक भवन निर्माणका लागि सहकार्य
- खुला संवादमार्फत सबैको आवाज सुन्ने वातावरण
- महिला, युवा र दोस्रो पुस्ताको पहिचान र नेतृत्व विकास
- Regional Victoria का नेपाली समुदायसँग सहकार्य विस्तार
- नेपाली भाषा, संस्कृति र नेपाल पर्यटन प्रवर्द्धन
- शिक्षा, रोजगारी र मानसिक स्वास्थ्यमा जनचेतनामूलक कार्यक्रम
- डिजिटल माध्यममार्फत सूचना प्रवाह प्रभावकारी बनाउने
महादेव धानुक भन्छन् ,“NRNA हामी सबैको साझा संस्था हो ,एक व्यक्तिको होइन। नेतृत्व समर्पित, समावेशी र सहकार्यमा आधारित हुनुपर्छ।” एनआएएनए अष्ट्रेलियाको निर्वाचन यही जुलाई २६मा हुँदैछ।धानुकले सन्तोष कुँवरको टिमबाट उम्मेदवारी दिएका हुन्।