अष्ट्रेलियाको अलाइड हेल्थ प्रोफेसनलहरूको संस्था (नाफा) को नयाँ अध्यक्षमा निर्मल कार्की चयन

अष्ट्रेलियाको अलाइड हेल्थ प्रोफेसनलहरूको संस्था (नाफा) को नयाँ अध्यक्षमा निर्मल कार्की चयन
नेपालआईज
१८ साउन २०८२ ११:२८

ब्रिसबेन — अस्ट्रेलियामा कार्यरत नेपाली एलाइड हेल्थ प्रोफेसनलहरूको छाता संगठन Nepalese Australian Allied Health Professionals Association (NAAHPA), जसलाई छोटकरीमा ‘नाफा’ भनिन्छ, ले नयाँ नेतृत्व पाएको छ। संस्थाको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति गत जुलाई १९, २०२५ मा ब्रिसबेनमा सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसम्मतिले चयन भएको हो। ब्रिसबेनमा भौतिक रूपमा र जुममार्फत भर्चुअल रूपमा आयोजित साधारण सभामा विगतका कार्यसमितिको समीक्षा, आगामी योजनाहरू र नेतृत्व हस्तान्तरणका विषयमा छलफल भएको थियो।

यसै अवसरमा फिजियोथेरापिस्ट निर्मल कार्कीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरिएको छ। उनी क्विन्सल्याण्डबाट प्रतिनिधित्व गर्छन्। कार्कीले आफ्नो कार्यकालमा संस्थालाई अझ सशक्त, समावेशी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन् २०२१ को अप्रिलमा विधिवत् रूपमा दर्ता भएको ‘नाफा’ ले अस्ट्रेलियामा कार्यरत नेपाली एलाइड हेल्थ व्यवसायीहरूलाई एकै व्यावसायिक सञ्जालमा जोड्दै आएको छ। यसमा फिजियोथेरापिस्ट, अक्यूपेशनल थेरापिस्ट, स्पीच प्याथोलोजिस्ट, अडियोलोजिस्ट, सोसल वर्कर, न्यूट्रिशनिस्टलगायतका विभिन्न पेशाका व्यक्तिहरू आबद्ध छन्। संस्थाले स्थापनाकालदेखि नै पेशागत विकास, ज्ञान आदानप्रदान, स्वास्थ्य सेवा प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र नेपाल–अस्ट्रेलियाबीच सहकार्य गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

विभिन्न राज्यहरूको प्रतिनिधित्व हुने गरी गठित नयाँ कार्यसमितिमा निम्नानुसारका पदाधिकारीहरू रहेका छन्:

  • अध्यक्ष: निर्मल कार्की – फिजियोथेरापी, क्विन्सल्याण्ड
  • उपाध्यक्ष: अम्बिका श्रेष्ठ – फिजियोथेरापी, क्विन्सल्याण्ड
  • प्रवक्ता/महासचिव: सवी हमाल – स्पीच प्याथोलोजी/ओरोफेसियल मायलोजी, न्यू साउथ वेल्स
  • सचिव: राजु स्वार – फिजियोथेरापी, क्विन्सल्याण्ड
  • कोषाध्यक्ष: रुमा वाग्ले – सोसल वर्क, क्विन्सल्याण्ड
  • सह–सचिव: अमृत सापकोटा – फिजियोथेरापी, न्यू साउथ वेल्स

कार्यकारी सदस्यहरू:

  • सुनीति अमात्य – फिजियोथेरापी, भिक्टोरिया
  • महेश कोइराला – न्यूट्रिशन, न्यू साउथ वेल्स
  • अनुप घिमिरे – अडियोलोजी, न्यू साउथ वेल्स

नयाँ नेतृत्वले संस्था अझ सशक्त, समावेशी र सेवा–मुखी बनाउँदै, अष्ट्रेलियामा रहेका नेपाली अलाइड हेल्थ पेशागत समुदायको हक–हितमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने  प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर