अक्टोबर ५ बाट अष्ट्रेलियामा डे–लाइट सेभिङ सुरु, लाखौँ अष्ट्रेलियालीले गुमाउने एक घण्टा निद्रा

अक्टोबर ५ बाट अष्ट्रेलियामा डे–लाइट सेभिङ सुरु, लाखौँ अष्ट्रेलियालीले गुमाउने एक घण्टा निद्रा
नेपालआईज
१८ असोज २०८२ ६:१२

अष्ट्रेलिया/ यस आइतबारदेखि अष्ट्रेलियाका अधिकांश राज्यहरूमा घडी एक घण्टा अगाडि सारिँदैछ । डे–लाइट सेभिङ समय लागू हुने भएकाले करिब करोडौँ अष्ट्रेलियालीले एक घण्टा निद्राबाट वञ्चित हुनेछन् ।

नयाँ समय अक्टोबर ५ आइतबार बिहान २ बजे बाट लागू हुनेछ । घडीलाई एक घण्टा अगाडि सारेर ३ बजे बनाइनेछ । यसरी समय परिवर्तनले साँझको उज्यालो लामो हुने भएकाले मानिसहरूले बेलुकी बढी घामको उपयोग गर्न सक्नेछन् ।

तर, अष्ट्रेलियाका सबै राज्यले यो समय तालिका पालन गर्दैनन् । न्यू साउथ वेल्स, भिक्टोरिया, दक्षिण अष्ट्रेलिया, तस्मानिया र क्यानबेरा (ACT) मा डे–लाइट सेभिङ लागू हुनेछ । जबकि क्वीन्सल्याण्ड, पश्चिम अष्ट्रेलिया र नर्दन टेरिटोरी ले यो अभ्यास नगर्नेछन् ।

डे–लाइट सेभिङको मुख्य उद्देश्य प्राकृतिक उज्यालोको सदुपयोग गर्दै ऊर्जा खपत घटाउनु हो । गर्मी याममा घाम ढिलो अस्ताउने भएकाले बेलुकीको प्रकाश बढी प्रयोग गर्न सकिन्छ भने, जाडो याममा बिहानको उज्यालो उपयोगी बनाउन समय पुनः एक घण्टा पछाडि सारिन्छ ।

यो समय तालिका २०२५ अक्टोबर ५ देखि सुरु भई २०२६ अप्रिल ५ मा अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर