वारेन पिकरिङ वान नेसनको भिक्टोरियाली नेता घोषित

वारेन पिकरिङ वान नेसनको भिक्टोरियाली नेता घोषित
नेपालआईज
१८ साउन २०८३ ११:२२

भिक्टोरिया — आगामी भिक्टोरिया राज्य निर्वाचनका लागि वारेन पिकरिङलाई ‘वान नेसन’ पार्टीको भिक्टोरियाली नेताका रूपमा आधिकारिक घोषणा गरिएको छ। उहाँले आगामी चुनावमा पाकेनहाम क्षेत्रबाट तल्लो सदनको उम्मेदवारी दिनुहुनेछ। पार्टीले आफ्नो चुनावी अभियानको औपचारिक सुरुवातसँगै उपल्लो सदन का उम्मेदवारहरूको नामावली पनि सार्वजनिक गरेको छ।  

पिकरिङको पृष्ठभूमिमा निर्माण क्षेत्रमा गाह्रो लगाउने कामदार, अस्ट्रेलियाली सेनामा लडाकु इन्जिनियर को सेवा, र कोइला खानी उद्योगको अनुभव समावेश छ। उहाँ हाल वान नेसनको भिक्टोरिया राज्य अध्यक्ष हुनुहुन्छ।  

कार्यक्रममा पार्टीले आफ्नो मुख्य चुनावी एजेन्डा अपराध नियन्त्रण, भ्रष्टाचार, महँगी , पूर्वाधार खर्च र सरकारी जवाफदेहिता मा केन्द्रित रहने जनाएको छ। विस्तृत नीतिहरू चुनाव नजिकिँदै गर्दा सार्वजनिक गरिने बताइएको छ।

यो घोषणा केही विवादरहित भने रहन सकेन। पार्टी नेतृत्वले एबीसी , द एज र द गार्डियन जस्ता प्रमुख मिडियाहरूलाई पत्रकार सम्मेलनमा प्रवेश गर्न रोक लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर