सामाजिक सद्भभावका लागि भिक्टोरियामा मल्टिकल्चरल सकर टुर्नामेन्ट हुँदैं

सामाजिक सद्भभावका लागि भिक्टोरियामा मल्टिकल्चरल सकर टुर्नामेन्ट हुँदैं
नेपालआईज
२४ कार्तिक २०७८ २०:४३

खेलकूद ब्यूरो 

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, रोयल वेस्टर्न क्लब र भिक्टोरीयन मल्टिकल्चरल  कमिसनको  सहकार्यमा उक्त प्रतियोगता दोस्रोपटक हुन लागेको हो । 

अस्ट्रेलियाको दोस्रो ठूलो राज्य भिक्टोरीयामा मल्टिकल्चरल सकर टुर्नामेन्ट   नोभेम्बर १३ र १४ तारिखमा  हुने भएको छ । 

राज्यमा रहेका बहुसाँस्कृतिक समुदायका खेलाडी र खेलप्रेमीहरुमा अन्तरघुलन तथा सद्भभाव बढाउने उदेश्यले  आयोजना गरिएको कार्यक्रममा १२ वटा क्लवहरु खेलमा सहभागी हुने आयोजकले जानकारी दिएको छ । 

उक्त खेल प्रतियोगितामा  रोयल वेस्टर्न क्लव, यती फुटबल क्लव, एभरेस्ट युनाइटेड क्लव, रेन्जर्स, हिमालयन फुटबल क्लव, एसियन फुटबल क्लव, अल्बियोन थन्डर्स, द हिमालयन टाइगर्स, कुयोङ्ग युनाइटेड, मेल्बर्न लाबासा एफ ए र डिडि एफ सी वीच प्रतिस्षर्धा हुने भएको छ । 

प्रतियोगिताका विजयीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको रोयल वेस्टर्न क्लवका उपाध्य रोशन दाहाले  बताए । 

न्याभका उपाध्यक्ष तथा टुर्नामेन्टका संयोजक प्रेमराज उप्रेतीले खेलको माध्यमबाट समुदायलाई जोड्न सकिने बताउदैं यस्ता  प्रतियोगितालाई आगामी दिनमा  निरन्तरता दिने प्रतिवद्ता व्यक्त गरे । साथै खेलप्रतियोगितामा सहभागीभई खेलाडीको मनोबल बढाउन  उप्रेतीले समुदायलाई आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर