Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
शुशिल पोख्रेलको अध्यक्षतामा रोयल नेप्लिज क्यानवेरा एफसीको १३ सदस्यीय कार्यसमिति गठन
नेपालआईज
२६ कार्तिक २०७८ १:०६
क्यानवेरा ।
रोयल नेप्लिज क्यानवेरा एफसीको हालै सम्पन्न साधारणसभाले शुशिल पोख्रेलको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
क्यानवेरामा सक्रिय रहेको उक्त क्लवले अन्तर राज्य स्तरीय खेलकूद प्रतिगितामा समेत भाग लिदैं आएको छ ।
क्यानवेरामा सम्पन्न साधारणसभाले एक बर्षका लागि निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा शुशिल पोखरेल, उपाध्यक्ष: दिनेश खड्का ( जेनिथ), सचिव: सक्षम खनाल, कोषाध्यक्ष: रन्जु पौडेल र क्लब डेभलपमेन्ट म्यानेजरमा शैलेन क्षेत्री निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैस्तै गरी सदस्यहरुमा, सगम क्षेत्रि, सुसन मुनिकार, गौरभ देवकोटा, सार्थक खनाल, इन्द्र मगर, राघव पाईजु, अशेस बाबु शाक्य र कविर दुलाल रहेका छन्
उक्त क्लवको तर्फबाट साजन वाग्ले, शुवर्न मान सिंह, मौसम बरुवाल, अरुन लामिछाने
हिमाल गैरै, सुप्रभात, आजत, दिपक राई, रितन खड्का, बिपिन शुबेदी, रिकि क्षेत्री, राम चौधरी, शुसिल केशि, बिनय बम र अर्जुन नेपालीले खेलमा सहभागी हुँदै आएका छन् ।