‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो ; ब्रिजवेनमा सार्वजनिक

‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो ; ब्रिजवेनमा सार्वजनिक
नेपालआईज
२७ कार्तिक २०७८ ७:१२

ब्रिजवेन ।

अस्ट्रेलियामा अध्ययनको सिलसिलामा आएका  युवा विद्यार्थीहरूले अध्ययन र जागिर मात्र गर्दैनन् । उनीहरूले केही रचनात्मक काम पनि गर्दै आएका छन् ।  यहाँ आएका विद्यार्थीहरूको खेलकुद तथा गीत संगितमा बढी लगाव देखिन्छ । 

पट्यार लाग्दो लकडाउनबाट उन्मुक्ति पाँउदै गरेका  अस्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूले विभिन्न  रचनात्मक कार्यक्रहरु राख्दै आएका छन् । यसैवीच  ब्रिजवेनका केही संगितमा रुचि राख्ने युवाहरूले  भने ‘हाम्रो सम्बन्ध’    नामक म्युजिक भिडियो निर्मार्ण गरि  सार्वजनिक गरेका छन् ।  यो म्युजिक भिडियो युट्युव लगायत विभिन्न सामाजिक सञ्जालमा पनि हेर्न सकिन्छ ।  

 उक्त म्युजिक भिडियोमा  सुनिल गिरीको गीत रहेको छ भने  भिडियोग्राफर सुदीप विष्टले  निर्देशन तथा सुटिङ् गरेका छन् । 

उक्त म्युजिक भिडियोको   लिरिक्स हिमांशु रायमाझी ‘गोधुली’ले दिएका थिए भने  कलाकारहरू करण गुरुङ्,  हिलकारी रावल, विक्रम भण्डारी, स्माइली श्रेष्ठ् र  किशोरी विष्ट रहेका छन् ।  त्यसै गरी  कोरियोग्रोफरमा  किरण मगर र  कन्चन कार्कीले छन् भने भने ब्यवस्थापन र मास्टरिङ् रोमन बज्राचार्यले गरेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर