ब्रिजवेन ।
टुउम्बा नेप्लिज फुटबल क्लवले गैर आवासीय नेपाली संघ अस्ट्रेलिया क्विन्स्ल्याण्डको साँझेदारीमा पहिलोपटक एनआरएनए ‘क्विन्स्ल्याण्ड कप’को आयोजना गर्ने भएको छ ।
उक्त फुटबल खेल डिसेम्बर १२ मा ४११ ह्रुम स्ट्रेट टुउम्बा सिटी क्विन्स्ल्याण्डमा हुने आयोजकले जनाएको छ । एक दिने फुटबल प्रतियोगितामा क्विन्सल्याण्डका सबैभागबाट नेपाली मुलका खेलाडी सहित १४ वटा फुटबल टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
क्विन्स्ल्याण्डमा बस्नुहुने नेपाली समुदायले खेलमा दर्शकको रुपमा सहभागी भई खेलको शोभाढाई खेलाडीको मनोबल बढाइदिनुहुन गैर आवासीय नेपाली संघ क्विन्स्ल्याण्ड र नेप्लिज फुटबल क्लव टुउम्बाले आग्रह गरेको छ ।
क्लवका अध्यक्ष कृष्णराम अवालले भने ‘टुउम्बामा बढ्दो नेपालीहरुको जनसंख्यालाई मध्यनजर गर्दै खेलको माध्यबाट एक अर्कामा एकता र घुममिल गराउने उदेश्य पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो ।”
खेलमा प्रथम हुनेलाई ४ हजार र देस्रो हुनेलाई १५०० पुरस्कार दिने घोषणा गरिएको छ । आर्षक पुरस्कार भएर पनि क्विन्स्ल्याण्डका खेलाडीहरु खेलमा सहभागी हुन उत्साहीत भएको अवालले बताए ।