Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा ५ देखि ११ वर्षका बालबालिकालाई फाईजर खोप लगाइने
नेपालआईज
१९ मंसिर २०७८ २१:११
क्यानबेरा
अस्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेसन (टिजिए)ले फाईजर खोपलाई ५ देखि ११ वर्षका बालबालिकाका लागि अस्थायी रूपमा प्रयोगका लागि सुरक्षित र प्रभावकारी रहेको स्वीकृत गरेको छ । यसलाई कोभिड–१९ विरुद्धको एक महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ ।
प्राविधिक सल्लाहकार समूह तथा खोप विशेषज्ञहरूको अन्तिम विचार र सिफारिसपछि जनवरी १० तारिखबाट ५ देखि ११ वर्षका बालबालिकालाई फाईजर खोप लगाउन थाल्नेछ ।
Greg Hunt- Minister for Health and Aged Care
सरकारले खोपलाई कसरी सुरक्षित तरिकाले सञ्चालन गर्ने सम्बन्धमा विशेषज्ञहरूको विचारको अपेक्षा गरेको छ । ५ देखि ११ वर्षसम्मका करिब २.३ मिलियन बालबालिकालाई उक्त खोप लगाउने योजना रहेको छ ।त्यसै गरी, १२ देखि १५ वर्षका बालबालिकालाई द्रुतगतिमा खोप लगाउने योजना रहेको छ ।
केवल ११ हप्तामा यस समूहका ७६.६ प्रतिशत भन्दा बढीले कम्तीमा एक मात्रा खोप, तथा ६७.५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् ।