ब्जाजदर बढ्ने भविष्यवाणी गरिएको छ, त्यसैले नयाँ नक्साहरुलाई उपनगरमा धितोले तनाव दिएको छ, यदि ब्याजदर १ प्रतिशतले मात्र बढ्यो भने पनि शहरका धनीहरु पनि एकदमै प्रभावित हुनेछन् ।
तथ्याकंले यो देखाएको छ कि अष्ट्रेलियाका केही भागहरुमा तीन चौथाई घरधनीहरुले वित्तिय तनाव झेलिरहेका छन् ।
हिट म्यापले यो कुरा देखाएको छ कि सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रहरुमा पश्चिमी सिड्नी, एनएसडब्लु केन्द्रिय कोस्ट, ब्रिस्बेनका भागहरु र बाहिरी मेलबर्न रहेको छ जसमा यो चेतावनी दिइएको छ कि यदि ब्याजदर बढ्यो भने यसले समस्या मात्र थप्नेछ ।
सिड्नी घरहरुको मूल्य गएको साल मात्र अभूतपूर्व रुपले २७ प्रतिशत बढेको छ । मूल्य वृद्धिल मानिसहरुलाई बजारमा रहन संघर्षशिल बनाएको छ र धेरैले थोरै ब्याजदरमा ठूला ठूला धितोहरु राखेका छन् ।
दक्षिणी सिड्नीमा बार्टनको लेबर सिटका ७० प्रतिशत धितो लिने व्यक्तिहरु जसमा रकडेल र हर्सटभिल्ले पर्दछन्, तिनीहरु पनि धितोको कारणले तनावमा छन् ।
केट कोल्भिन, प्रत्येक व्यक्तिको घरको लागि एड्भोकेसी ग्रुपको प्रवक्ता हुन्, भनिन् कि सिड्नीको बाहिरी मेट्रो क्षेत्रमा सबैभन्दा बढी मानिसहरु वित्तिय तनाव झेलिरहेका छन्, त्यसैगरी उपनगरमा बस्ने मानिसहरु पनि प्रशस्त छन् जसले यो समस्या भोगिरहेका छन् ।
ब्याजदर बढेको छ
यदि ब्याजदर १ प्रतिशत मात्र बढ्यो भने १३५,००० भन्दा बढी सिड्नीका घरधनीहरु ८८,००० मेलबर्नका घरधनीहरु धितोको तनावका कारण समस्यामा पर्नेछन् । साधारण आय गर्नेहरुका लागि पनि यो परिस्थिति सहज छैन ।
युवा घरधनीहरु भएको उपनगर क्षेत्रहरु जसमा सिड्नीको डि ह्वाई, नर्थ कर्ल कर्ल र फाइभ डक र मेलबर्नको ग्लेन वाभरली, रिङउड र एल्थाम त्यस्ता केही अष्ट्रेलियाका क्षेत्र हुन् जो प्रोपर्टीको आकाशिएको मूल्यले प्रभावित छन् र तिनीहरुले ठूलो मात्रामा धितो राख्नु परेको छ ।
मिस कोल्भीन भन्दछिन् कि सरकारले हाउसिङ क्राइसिस उत्पन्न गर्ने व्यक्तिहरुमाथि कडा कारवाही गर्नुपर्दछ ।