क्यानडामा विदेशी नागरिकलाई घरजग्गा किन्न प्रतिबन्ध!

क्यानडामा विदेशी नागरिकलाई  घरजग्गा किन्न प्रतिबन्ध!
नेपालआईज
१८ पुष २०७९ ११:२९

एजेन्सी । क्यानडाले विदेशीहरू नागरिकलाई आवासीय सम्पत्ति खरिद गर्न प्रतिबन्ध लगाएको छ । आवासीय सङ्कटको सामना गरिरहेका स्थानीयहरूलाई थप घरहरू उपलब्ध गराउने प्रयासस्वरुप क्यानडाले विदेशीहरूलाई आवासीय सम्पत्ति खरिद गर्न प्रतिबन्ध लगाएको एएफपीले जनाएको छ ।

दुई वर्षका लागि लागू भएको यो अस्थायी प्रतिबन्ध पहिलो पटक २०२१ को चुनावी अभियानमा प्रधानमन्त्री जस्टिन ट्रुडले प्रस्ताव गरेका थिए । उक्त समयमा बढ्दो मूल्यले घरको स्वामित्व धेरै क्यानडालीहरूको पहुँच बाहिर राखेको थियो । निर्वाचनमा विजय भएपछि लिबरलहरूले नन-क्यानेडियन एक्टद्वारा आवासीय सम्पत्ति खरिदमा निषेध पेस गरेको थियो । तर अपवादमा भने शरणार्थीहरू र क्यानडाको नागरिक नभए पनि स्थायी बासिन्दाहरूलाई घरहरू किन्न अनुमति दिइने भएको छ ।

यता मुद्रास्फीतिमा लगाम लगाउन बैङ्क अफ क्यानडाको आक्रामक मौद्रिक नीतिलाई पछ्याउँदा धितो दरले बिक्रेताहरूको लागि देशको घर जग्गा बजारमा मन्दी ल्याएको छ । क्यानेडियन रियल इस्टेट एसोसिएसनका अनुसार औसत घरको मूल्य २०२२ को सुरुमा क्यानेडियन डलर ८ लाख भए पनि गत महिना क्यानेडियन डलर ६ लाख ३० हजारभन्दा बढी तल झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर