Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
के तपाईलाई उड्डयन क्षेत्र मन पर्छ र उच्च तलब दिने कामको खोजीमा हुनुहुन्छ ? त्यसो भए तपाईको लागि गज्जबको अवसर आएको छ । एयरसर्भिसेज अष्ट्रेलियाले एयर ट्राफिक कन्ट्रोलरको नयाँ ब्याचको भर्ना गरिरहेको छ र अर्को इन्टेकका लागि ३६ जनाले अवसर प्राप्त गर्नेछन् । यसका लागि तपाईलाई डिग्री वा कुनै सान्दर्भिक अनुभवको आवश्यकता पर्दैन तर तपाई उच्च दवावको कामको लागि उपयुक्त हुनुहुन्छ भनेर प्रमाणित गर्नुपर्ने हुन्छ ।
यदि तपाई प्रारम्भिक चरणमा सफल हुनुभएको खन्डमा तपाईलाई देशको कुनै विमानस्थलमा खटाउनु अघि मेलबर्नको एयरसर्भिसेज टे«निङ एकेडेमीमा तालिम प्रदान गरिनेछ ।
कामको विवरण अनुसार एयर ट्राफिक कन्ट्रोलरले अष्ट्रेलिया भरीका विमानस्थलहरु र अस्टे«लियाको हवाई क्षेत्रसंग जोडिएका विदेशी क्षेत्रहरुमा विमानको सुरक्षित र व्यवस्थित प्रवाहको व्यवस्थापन गर्ने गर्दछ ।
यसका लागि भने उच्च स्तरको प्रतिवद्धता र जिम्मेवारीको आवश्यकता पर्दछ । एयर ट्राफिक कन्ट्रोलरले देशभर रहन्छन र मेलवर्न वा ब्रिस्बेनमा रहेका दुई प्रमुख केन्द्रहरु, दुईवटा टर्मिनल नियन्त्रण एकाईहरु वा अष्ट्रेलियाभर अन्तर्राष्ट्रिय र क्षेत्रीय विमानस्थलाहरुमा २८ नियन्त्रण टावरहरुमा काम गर्ने गर्छन् । मेलवर्नमा रहेको एयर ट्राफिक कन्ट्रोलर लिली काईले जनाए अनुसार उत्प्रेरित, राम्रो सांगठनिक कौशल, राम्रो निर्णय गर्ने क्षमता र दवावमा काम गर्न सक्ने १८ वर्ष वा सो भदा माथिका जो कोही यसका लागि उपयुक्त छन् ।
काईले यस काममा निकै फाइदा रहेको छ जस्तै टावरमाथिबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय विमान अवतरण र उडानको मज्जा लिन सकिन्छ । त्यसका साथै उच्च पारिश्रमिक पनि प्राप्त गर्न सकिन्छ किनभने अष्ट्रेलियामा एयर ट्राफिक कन्ट्रोलरलाई उच्च आम्दानी गर्ने सूचीमा राखिन्छ । अष्ट्रेलियाको कर कार्यालयका अनुसार सन् २०१८ मा ग्राजुएट गरेका एयर ट्राफिक कन्ट्रोलरको सुरुवातको पारिश्रमिक ९९ हजार ८ सय ९८ डलर रहेको थियो भने प्रत्येक वर्ष १ ला ४१ हजार ७ सय ९५ डलर कमाउने गरेका छन् ।