अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई विषय परिवर्तनमा कडाई गर्दै सरकार

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई विषय परिवर्तनमा कडाई गर्दै सरकार
नेपालआईज
२८ चैत २०७८ २३:५१

 क्यानबेरा ।   अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई बिषय परिवर्तनमा कडाई गर्दै सरकार जुलाई एकदेखि लागु हुने नियममा के छ 

अध्ययनका लागि अस्ट्रेलिया आएका  अन्तराष्ट्रिय बिद्यार्थीहरुले भिषा थप्ननै लागि पटक पटक विषय  परिवर्तन गरेपछि अस्ट्रेलियाको सरकारले विद्यार्थीहरुलाई बिषय परिवर्तनमा कडाई गर्नै भएको छ । 

अस्ट्रेलियको नयाँ भिषा नियम अनुसार  अस्ट्रेलिया  रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले मन्त्रीको स्वीकृति बिना अध्ययनको पाठ्यक्रम परिवर्तन गर्न नपाउने भएका छन् ।

एनआरआइको प्रतिवेदन अनुसार  अस्ट्रेलियको सरकारले माइग्रेसन कानुन १९५८ मा परिमार्जन गरेको छ । यसलाई आउदो जुलाईदेखि  अस्ट्रेलियन विद्यार्थी भिषा (सबक्लास ५००) भएकाहरुका लागि लागू गरिने बलियो सम्भावना रहेको छ । 

कानुनले   विद्यार्थी  अस्ट्रेलियन भिषा (सबक्लास ५००) भएकाहरुले मन्त्रीबाट स्वीकृति प्राप्त नगरेसम्म अध्ययन गर्ने वा उच्च शिक्षा प्राप्तिका लागि पाठ्यक्रम परिवर्तन गर्न नपाउने संघीय गृहमन्त्रीले जारी गरेको विज्ञप्तीमा रहेको छ । 

‘भिषा भएकाहरुबाट महत्वपूर्ण प्रविधिको अनावश्यक स्थानान्तरणको अनुचित जोखिम नभएको सुनिश्चित भएपछि मात्र मन्त्रीले पाठ्यक्रम परिवर्तनको अनुमोदन गर्नेछ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 

भिषा रद्द निश्चित भिषाका लागि स्वेच्छाचारी हुनेछ भने अन्य सबै प्रकारका भिषाहरुका लागि अनिवार्य हुने जनाइएको छ । 

गृह मन्त्रालयले उच्च शिक्षा अध्ययन गरिहेका तथा पोस्टग्राजुएट रिसर्च गरिरहेकाहरुले मुख्य विषय, थेसिस तथा अनुसन्धानको विषय परिवर्तन गर्न चाहने भिषा भएकाहरुका लागि नया भिषा शर्तहरु ८२०८ ए तथा ८२०४ बी थपेको छ । तर यो नियम जुलाई १ तारिखबाट भिषा लिनेहरुका लागि मात्र लागू हुनेछ । 

अन्तर्गत निम्न उदेश्यका लागि विद्यार्थीहरुले मन्त्रीको स्विकृति बिना पाठ्यक्रम, थेसिस तथा अनुसन्धान विषयहरु परिवर्तन गर्न पाउने छैनन: 

  • स्नातक प्रमाणपत्र
  • स्नातक डिप्लोमा
  • स्नातकोत्तर
  • डक्टरेट

अथवा स्नात्रकोत्तर वा डक्टरेटको लागि अध्ययन वा अनुसन्धानको पाठ्यत्रमका लागि आवश्यक पर्ने कुनै ब्रिजिङ पाठ्क्रम

‘तपाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अष्ट्रेलियाकोे राष्ट्रिय सुरक्षाका लागि जोखिम हुनुहुन्न भन्ने अष्ट्रेलियाको सक्षम अधिकारीहरुको मूल्यांकन गरेर दिएपछि मात्र मन्त्रीले स्वीकृति दिनेछन्’ गृहमन्त्रालयले जनाएको छ । 

पाठ्यक्रम, थेसिस अथवा अनुसन्धानको विषय परिवर्तनका लागि गृहमन्त्रालयको वेवसाइटबाट फारम भरेर पठाउनु पर्नेछ । 

सबक्लास ५०० विद्यार्थी भिषा ५ वर्षसम्म अध्ययन गर्नका लागि प्रदान गरिने अस्थायी भिषा हो र यसबाट विद्यार्थीहरुले अष्ट्रेलियामा योग्य पाठ्यक्रम छान्न सक्ने, देशभित्र वा बाहिर यात्रा गर्न तथा कुनै पनि क्षेत्रमा असिमित समयसम्म काम गर्न सक्छन् ।

यस अघि ६ महिना वा सोभन्दा बढी समयदेखि अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो शैक्षिक संस्थाको स्वीकृति लिएर पाठ्यक्रम परिवर्तन गर्न पाउने व्यवस्था थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर