क्यानबेरा ।
अस्ट्रेलियामा मे २१ तारिखमा सङ्घीय निर्वाचन हुने घोषणा भएको छ । प्रधानमन्त्री स्कट मरिसनले मे २१ मा सङ्घीय निर्वाचन गर्ने आह्वान गरेका हुन् । चुनाव घोषणा सँगै यहाँकादलहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यहाँदलहरुले मतदाताहरुलाई आकर्षित गर्न विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने दाबी गरेका छन् ।
संसद् भवन अगाडी आइतबार बोल्दै मरिसनले निर्वाचनको मिति घोषणा गर्दै उनले अस्ट्रेलियाका नागरिकले चुनौतीहरूको सामना गरिरहेको जनाए । उनले अहिलेको राजनीति देखेर जनताहरू दिक्क भइसकेको समेत उल्लेख गरे ।
निर्वाचन तल्लो सदनको १ सय ५१ तथा सिनेटको ४० सिटका लागि हुनेछ । लिबरल पार्टीका नेता मोरिसनको सत्तारुढ गठबन्धनसँग प्रतिनिधि सभामा ७६ सिट छ । विपक्षीसँग ६८ सिट रहेको छ ।
सन् २०१३ देखि सत्तारुढ गठबन्धन सत्तामा रहेको छ । जसमा टोनी अबोट, माल्कम टर्नबुल र मरिसन प्रधानमन्त्री भएका छन् ।