हिमालयन फेस्टिभ कप सम्पन्न

हिमालयन फेस्टिभ कप सम्पन्न
नेपालआईज
२ वैशाख २०७९ ८:२९

क्यानबेरा ।  रोयल नेप्लिज क्यानवेरा एफ.सि द्वारा आयोजित हिमालय फेस्टिभ कपको दोस्रो संस्करणको उपाधी सम्पन्न भएको छ।

क्यानवेराको नेपाल युनाईटेट एफ.सिलाई हराउँदै साउथ क्यानवेरा नेप्लिज युनाईटेट एफ.सि ले उपाधी जित्न सफल भएको हो।  

प्रतियोगीताको उत्कृष्ट खेलाडि कुईन्वेन नेप्लिज युनाईटेट ए.सिबाट शुसान्त श्रेष्ठ र धेरै गोल हान्ने खेलाडिमा थ्री स्टार एफ.सि अल्वरिबाट रमेश बस्नेत बन्न सफल भए भने उत्कृष्ट गोल किपर बिजेता टिमबाट सुनिल थापाले हात पारे।  प्रथम विजेताले दुई हजार र उप बिजेता टिमले एक हजार नगद  पुरस्कार पाएका थिए ।  

कार्यक्रमको प्रमुख अथितिमा अस्ट्रेलियाका लागि बर्तमान का.बा राजदुत कुल बाहादुर मगर लगाएत जन सम्पर्क समिती क्यानबेरा का अध्यक्ष ललीत मल्लको उपस्थिती रहेको थियो। त्यस्तै अन्य कार्यालयका पदाधिकारिहरु लगाएत  क्लवका मुख्य प्रायोजक रहेको हिमालय बिज्नेस गुर्पका प्रमुख प्रवीन भण्डारी, अजी फाइनान्स एण्ड होम लोन तर्फबाट राजकुमार केसी र गोपाल वोली, समाजसेवी समेत रहनु भएका राजन ढु़ंगेलको उपस्थिती रहेको थियो।

 हिमालयन विजनेस ग्रुपका प्रमुख प्रवीन  भण्डारीले  खेलाडीहरुलाई हौंसल्ला दिदैं खेलमा हार र जीत स्वभाविक भएको भन्दै खेलमा देखाएको उर्जामा युवाहरुलाई हिमालय विजनेस ग्रुपको साथ जारी रहने प्रतिवद्ता जनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर