भारतमा दैनिक संक्रमितको संख्या ९० प्रतिशतले बढ्यो

भारतमा दैनिक संक्रमितको संख्या ९० प्रतिशतले बढ्यो
नेपालआईज
५ वैशाख २०७९ १२:४७

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या झण्डै ९० प्रतिशतले वृद्धि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा रहेको ओमिक्रोनको संक्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको हो ।

सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर संक्रमणमुक्त भइसकेकाहरूको संख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ ।

कुल संक्रमितमध्ये ९८.७६ प्रतिशत संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर