क्यानवेरा । रिजर्व बैंक अफ अस्ट्रेलियाले एक दशक भन्दा लामो समयपछि पहिलो पटक ब्याज दर बढाएको छ । रिजर्व बैंकले बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाएको हो ।
केन्द्रीय बैंकको रुपमा रहेको रिजर्व बैंकका गभर्नर फिलिप लोवीले निक्षेपको ब्याजदर शून्य दशलमव १ प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्याएको घोषणा गरेका हुन् ।
गभर्नर फिलिपले मुद्रास्फीति अपेक्षाभन्दा छिटो बृद्धि भए पनि बेरोजगारी कम हुने र ज्याला वृद्धिमा सुधार हुने बताएका छन् ।
उनले अस्ट्रेलियाको अर्थतन्त्रको लचिलोपन विशेषगरी श्रम बजारमा स्पष्ट भएको तथा हालैका महिनाहरूमा बेरोजगारी दर घटेर ४ प्रतिशतमा पुग्नुका साथै श्रमशक्तिको सहभागितामा उच्चरुपमा बढेको बताए ।
केन्द्रीय प्रक्षेपण अनुसार बेरोजगारी दर सन् २०२३ को शुरुवातमा ३.५ प्रतिशतमा झर्ने र त्यसपछि यसै स्तरको वरिपरि रहने छ भने बेरोजगारी दर करिब ५० वर्षयताकै सबैभन्दा कम हुनेछ।
पछिल्लो २० वर्षमा उच्च मुद्रास्फीति ब्यहोरिरहेको अष्ट्रेलियामा मुद्रास्फिति ५ दशमलव १ प्रतिशत पुगेको छ ।