Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाको समुन्द्री तट नजिकै चिनियाँ जासुसी जहाज देखिएको रक्षा मन्त्री पिटर डट्टनको भनाई
नेपालआईज
३० वैशाख २०७९ १०:४४
क्यानवेरा । अस्ट्रेलियाका रक्षा मन्त्री पिटर डट्टनले वेस्टर्न अस्ट्रेलिया समुन्द्री तट नजिकै उच्च प्रविधिको चिनियाँ जासूसी जहाज देखिएको बताएका छन् । उनका अनुसार अमेरिकी र अन्य सहयोगी पनडुब्बीहरूलाई समर्थन गर्ने गोप्य नौसैनिक संचार आधारको नजिकैको उक्त जासूसी जहाज देखिएको हो ।
रक्षा मन्त्री पिटरले एक्समाउथको ह्यारोल्ड ई होल्ट नौसेना स्टेशनबाट बाहिर निस्कँदा सहायक जनरल इन्टेलिजेन्स जहाजलाई एडीएफद्वारा नजिकबाट निगरानी गरिएको खुलासा गरेका हुन् ।
पिटरका अनुसार अष्ट्रेलियाले गत हप्ता वा त्यो भन्दा लामो समयदेखि जासूस जहाजलाई निगरानी गरिरहेको जनाएका थिए । उनका अनुसार यसको मुख्य उदेश्य भनेकै समुद्री तटबाट गोप्य सूचना संकलन गर्ने रहेको दावी गरे ।
पिटर उक्त घटना अप्रत्यासित रहेको तथा समुन्द्री तटसम्म आइपुगेकोप्रति चिन्तित भएको बताइएको छ । तर पिटर सुरक्षा चुनौती देखाउदै मे २१ मा हुने संघीय चुनावलाई प्रभावित गर्न नखोजेको भने प्रस्ट पारेका छन् ।
यता लेवर पार्टीले सरकारबाट यस विषयमा तत्काल जानकारी माग गरेको छ ।