क्यानवेरा । प्रत्येक तिन तिन बर्षमा हुने अस्ट्रेलियाको संघिय चुनाव शनिवार २१ मे मा हुँदैछ । तर नयाँ तथा बहुसाँस्कृतिक पृष्ठभूमी भएका मतदाता भने अष्ट्रेलियाको प्रिफेन्स मतान प्रणालीबारे नबुझ्दा अलमलमा छन् ।
संघिय चुनावमा प्रयोगहुने दुइ प्रकारको मतपत्रको बारेमा बुझ्नु जरूरी छ । सानो हरियो रंगको मतपत्र निर्वाचनको दिन तपाईंलाई दईुवटा मतपत्रहरू, प्रतिनिधि सभा (House of Representatives) को लागि एउटा सानो हरियो रंगको र सीनेट (Senate) को लागि ठूलो सेतो रंगको मतपत्र, दिइनेछ । तपाईंले दुबै मतपत्रहरू पूरा भर्नुपर्नेछ। हरियो रंगको मतपत्रमा, तपाईंले आफ्नो स्थानीय वा निर्वाचन क्षेत्रको प्रतिनिधिहरूलाई प्रतिनिधि सभाको लागि मतदान गर्नु हुनेछ। सेतो मतपत्रमा, तपाईंले आफ्नो राज्य वा टेरिटोरीका प्रतिनिधिहरूलाई सिनेटको लागि मतदान गर्नु हुनेछ।
प्रतिनिधि सभाका लागि हरियो रंगको मतपत्रमा तपाईंको रोजाइको क्रम अनुसार १, २, ३ गरेर मतपत्रको सबै बक्सहरूलाई नम्बर दिनुहोस्। मन परेको एक जना उम्मेद्रवारलाइको नाम सँगैको बाक्समा एक अंक लेखेर बाँकी खाली छोड्नुभयो भने त्यो मत बदर हुनेछ । मतपत्रमा टिक वा क्रस चिन्ह लगाउनु हुँदैन । प्राथमिकताका अनुसार उम्मेद्रवारको नामको अघि अंक मात्र लेख्नु पर्छ । ठूलो सेतो रंगको मतपत्र सिनेटका लागि तपाइले सतो रंगको लामो ममतपत्र भर्नु पर्छ ।
ठूलो सेतो रंगको मतपत्र भरेर सिनेटकालागि मतदान गर्न तपाईंसँग निम्न दुइ विकल्पहरू उपलब्ध छन: यदि रेखा माथि गरेमा यदि तपाईंले रेखा माथि मतदान गर्न चाहनु भएमा, कम्तिमा ६ वटा बाकसहरूमा रोजाइ जनुसार दलहरूका लागि १,२,३… क्रमसंख्या भर्नु पर्छ । मतपत्रमा आफ्नो पहिलो रोजाईको उम्मेदवारको छेउको बाकसभित्र ‘१’, दोस्रो रोजाईको उम्मेदवारको छेउको बाकसभित्र ‘२’ नम्बर लेख्नुहोस् र यसैगरि कम्तिमा ६ वटा बाकसहरू भर्नुहोस्। रेखाको माथि मतदान गर्दा तपाईंले चाहेजति बाकसहरूमा क्रमसंख्या भर्न सक्हनुहुनेछ । वा, रेखा तल गरेमा यदि तपाईंले रेखाको तल मतदान गर्न चाहनु भएमा, कम्तिमा १२ वटा बाकसहरूमा १ देखि १२ सम्म क्रमसंख्या भर्नु पर्छ। मतपत्रमा आफ्नो पहिलो रोजाईको उम्मेदवारको छेउको बाकसभित्र ‘१’, दोस्रो रोजाईको उम्मेदवारको छेउको बाकसभित्र ‘२’ नम्बर लेख्नुहोस र यसैगरि कम्तिमा १२ वटा बाकसहरू सम्म भर्नुहोस्। रेखाको तल मतदान गर्दा तपाईंले चाहेजति बाकसहरूमा क्रमसंख्या भर्न सक्हनुहुनेछ ।
यदि तपाईंले गल्ती गर्नुभयो भने नआत्तिनुहोस्। तपाईंले अर्को मतपत्र मागेर फेरि शुरू गर्न सक्नुहुन्छ । बिग्रिएको मतपत्र भने फिर्ता बुझाउनु पर्छ । यो खवर आजको नेप्लिज अस्ट्रेलियनमा छ ।