अस्ट्रेलियामा अभिभावक भिसालाई सहज बनाउने अध्यागमन मन्त्री एन्ड्रयू गिल्सको भनाई 

अस्ट्रेलियामा अभिभावक भिसालाई सहज बनाउने अध्यागमन मन्त्री एन्ड्रयू गिल्सको भनाई 
नेपालआईज
४ असार २०७९ ६:५८

मेलबर्न । अस्ट्रेलियाका नवनियुक्त अध्यागमन मन्त्री एन्ड्रयू गिल्सले नयाँ सरकारले अभिभावक भिसाको प्रतीक्षा अवधि घटाउने काम गरिरहेको बताएका छन् । फेडेरेसन अफ इथ्निक काउन्सिल अफ अस्ट्रेलिया (फेका) २०२२ सम्मेलनमा बोल्दै गिल्सले नयाँ सरकार वर्तमान भिसा ब्याकलॉगलाई सम्बोधन गर्नमा पूर्ण रूपमा केन्द्रित रहेको बताए ।

गिल्सले आफू र प्रधानमन्त्री अल्बानिजीले सबैभन्दा पहिले ब्याकलग हटाउनमा केन्द्रित रहेको र यो प्राथमिकता हो भनेर निश्चित गर्न विभाग र अधिकारीहरूसँग नियमित रूपमा छलफल गरिरहेको समेत उल्लेख गरे । उनले परिवारको सम्बन्धलाई जोड्नु आवश्यक रहेको समेत बताए ।

मन्त्री गिल्सले अस्ट्रेलियाको नागरिकता लिन लाइन लागेकाहरूको पर्खाइको अवधिका बारेमा पनि विचार गर्ने जनाए । साथै उनले पेन्डिङ्मा रहेका भिसाहरुलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर