न्युजिल्याण्डको आवासीय भिसा प्राप्त गर्नेमा नेपालीहरु १२औं स्थानमा

न्युजिल्याण्डको आवासीय भिसा प्राप्त गर्नेमा नेपालीहरु १२औं स्थानमा
नेपालआईज
१ साउन २०७९ १२:२५

न्युजिल्याण्ड सरकारको अध्यागमन बिभागमा संकलित तथ्यांक अनुसार यस वर्ष २०२१ जुलाई देखि २०२२ जुन बीच एक बर्षको अवधिमा १४३ देशका नागरिकहरु मध्ये ८६ हजार १६० जनाले न्युजिल्याण्डको आवासीय भिसा प्राप्त गरेकाछन। खुसिको खबर् नै मान्नु पर्छ कि आवासीय भिसा प्राप्त गर्ने नेपाली राहदानीवाहकहरुको संख्याको हिसावले १२ औं स्थानमा रहेका छन।

यो बर्ष २० हजार १४८ जना भारतीय नागरिकहरुले आवासीय भिसा प्राप्त गरेर तालिकाको उच्चतम स्थान ओगटेकाछन भने दोश्रोमा फिलिपिन्स (१३ हजार ८६६ जना), तेश्रोमा दक्षिण अफ्रिका (१० हजार ३१४ जना), चौथोमा चीन (७हजार ४३७ जना) र पाँचौंमा संयुक्त अधिराज्य (युके-४ हजार ९३२) रहेका छन।

भूगोलको सवभन्दा अग्लो हिम शृंखला सगरमाथा को सफल आरोहण गरेका बिश्व बिख्यात पर्वतारोही द्वय तेन्जिङ्ग शेर्पा र सर एड्मण्ड हिलारी अहिलेसम्म जीवित रहनु भएको भए न्युजिल्याण्डमा नेपालीहरुको बढ्दो उपस्थितिले गर्दा निक्कै हर्षित हुने थिए। यो भन्दा अगाडि सन २०१६ जुलाई देखि २०१७ जुन सम्मको एक बर्षको अवधिमा २०४ जनाले आवासीय भिसा प्राप्त गरेको रेकर्ड थियो।

उद्यमी कोटा, जीवन साथी (साझेदारी), शरणार्थी परिवारको समर्थनमा अन्तर्राष्ट्रिय मानवीय कोटा, २०२१को बिशेष व्यवस्था मार्फतको आवासीय भिसा, रोजगारदाताको प्रायोजनमा प्रतिभाशाली कोटा, दक्षतामा आधारित कोटा समेत गरि जम्मा ११७९ जना नेपालीहरुलाई प्राप्त भएको हो।

आवासीय भिसा प्राप्त गर्ने नेपालीहरुको उमेर समूह यस प्रकार रहेका छन – १५० जना (१९ बर्ष सम्मका), ५३७ जना (२०-२९ बर्ष उमेर समूहका), ४३५ जना (३० देखि ३९ बर्ष उमेर), ४८ जना (४० वर्ष देखि ४९ बर्ष) र ९ जना (५० देखि ५९ बर्ष) उमेर समूहको रहेको न्युजिल्याण्डको अध्यागमनको रेकर्डमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर