क्यानबेरामा नचल्ने भयो इन्धनबाट चल्ने गाडी

क्यानबेरामा नचल्ने भयो इन्धनबाट चल्ने गाडी
नेपालआईज
२ साउन २०७९ ६:३५

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेराले सन् २०३५ देखि इन्धनबाट चल्ने गाडीहरुको बिक्री वितरणमा पूर्ण रोक लगाउने भएको छ ।
सन् २०३५ देखि लागु हुने नयाँ नियम अनुसार क्यानबेरामा विद्युतीय गाडी मात्र बिक्री गर्न पाइने इमिसन रिडक्सन मन्त्री शेन रेटनबरीले बताए । यद्यपी, नियम सुरु भएको पहिलो बर्षसम्म आफूसँग भएका इन्धनबाट चल्ने गाडीहरु चलाउन पाइने छ ।
मन्त्री रेटनबरीका अनुसार यो नियम साना कारहरु, मोटरसाइकल र साना ट्रकहरुमा लागु हुनेछ । मन्त्रीका अनुसार इन्धन गाडीहरुबाट निस्कने कार्बन उत्सर्जनमा कमी ल्याउन यो निर्णय गरिएको हो ।
आफ्ना नागरिकहरुलाई विद्यीतीय सवारी किन्न प्रोत्साहन गर्दै क्यानबेरा सरकारले १५ हजार अस्ट्रेलियन डलर बिना ब्याज ऋण दिने घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर