एजेन्सी । सन् २०२० को मार्चमा कोभिड महामारीले बन्द न्यूजिल्याण्डको सिमाना सोमबारदेखि विश्वभरका आगन्तुकहरूको लागि पूर्णरूपमा पुनः खुला भएको छ ।
न्यूजिल्याण्डका सीमाहरू फेब्रुअरीमा आंश पुनः खोलिएको थियो । देशमा कोभिडविरुद्धका प्रतिबन्धहरू क्रमशः सहज भएका छन् ।
भिसा चाहिने आगन्तुकहरू र विद्यार्थी भिसामा रहेकाहरूलाई पनि न्यूजिल्यान्ड फर्कन अनुमति दिइएको छ । न्यूजिल्याण्डले अब आफ्नो बन्दरगाहहरूमा क्रुज जहाजहरू र विदेशी मनोरञ्जन याटलाई पनि अनुमति दिइरहेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीले न्यूजिल्याण्डको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । पुनः सीमा खोलिएसँगै देशभरका स्कुल र विश्वविद्यालयहरूलाई फेरि बढावा दिने शैक्षिक प्रदायकहरूले आशा राखेका छन् ।