Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
क्यानबेरामा पशुपतिनाथ मन्दिर निर्माणका लागि श्रीमद्भागवत महापुराण सप्ताहबाट उठ्यो ८ लाख डलर
नेपालआईज
९ भदौ २०७९ १:१९
क्यानबेरा । सनातन समाज अस्ट्रेलियाले राजधानी क्यानबेरामाआयोजना गरेको श्रीमद्भागवत महापुराण सप्ताहबाट क्यानबेरामा पशुपतिनाथ मन्दिर निर्माणका लागि ८ लाख डलर रकम उठेको छ । एक हप्तासम्म चलेको महायज्ञमा प्रविण पं दीनबन्धु पोखरेल मुख्य वाचक थिए भने उपवाचक प्रखर ब्याख्याता एवं ज्योतिषाचार्य बालचन्द्र अधिकारी थिए ।
उक्त सप्ताहको पहिलो दिन कलश यात्रा र झांकीबाट श्रीगणेश गरिएको थियो । अस्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलद्वारा उद्घाटन भएको सप्ताहमा क्यानबेरा क्षेत्र वरपर रहेका भक्तजनहरुको अत्यधिक उपस्थिति थियो ।
हरेक दिन यज्ञपुजन र कथावाचन अनि भजनकृतन हुने गरेतापनि सप्ताहको चौंथो दिन, कृष्णजन्माष्टमी विशेष गरिएको थियो भने छैटौँ दिन लक्ष्यबत्तिमा भक्तालुहरुले आंफैले कातेर ल्याएको अखण्ड लाखवत्ति प्रज्वलन गरिएको थियो । सप्ताह महापुराणको अन्तिम दिन आचार्य राजन शर्माले योगविज्ञान र ध्यानसम्बन्धी विशेष प्रवचन दिएका थिए ।
सप्ताह महायज्ञमा कम्तीमा पनि दशहजार भक्तजनहरुले श्रीमद्भागवत कथा श्रवण गरेको विश्वास गरिएको छ । पशुपतिनाथको मन्दिर बनाउने अभिलाषाका साथ सम्पन्न यो महायज्ञमा भक्तजनहरुले श्रीमद्भागवत महापुराण श्रवण गर्ने अवसर प्राप्त गर्नका साथै र भजनकृतनमा रमाएका देखिन्थे ।
क्यान्बेरामा नेपालीहरुके बाक्लो उपस्थितीसंगै पातलिंदै गएको भावनात्मक सम्बन्धहरुलाई एकीकृत गर्न सफल भएको यस महायज्ञले भविष्यमा पनि नेपालीहरूको साझा उद्देश्यका लागी सबै सामाजिक संघसंस्थाहरुलाई एक हुन प्रेरणा दिएको छ । आध्यात्मिक ज्ञानले जनजनको मनलाई जोड्ने मात्र नभएर कोभीडको बेला र त्यसपछिको तनावलाई भुलाउने औषधीको कार्य समेत गरेको छ । करिव आठ लाख डलरजति आर्थिक सङ्कलन भएपनि यद्यपी अन्तिम हिसावकिताव भने बाँकी रहेको आयोजकले जनाएको छ । यस महायज्ञमा हालसम्म सबैभन्दा धेरै दान गर्ने दाताले $६१,१११ दान गरेका छन्ग । दान गर्ने क्रमलाई निरन्तरता दिने आगामी दिनमा गो फण्ड एकाउन्ट खोलिने र डाईरेक्ट डेविट्को मार्फत दान गर्न सकिने आयोजक समितीले जनाएको छ ।
सबैभन्दाबढी क्याबेरा निवासी राजेश पाठक र रीता पाठकले ६१ हजार १ सय ११ डलर दान गरेका छन् ।
यस सप्ताहमा गैर नेपाली संघका महासचिव राजबावु अधिकारी, देव गुरुङ, चन्द्र तिवारी र क्यानबेराका लिवरल नेता अमरदिप सिंह , भुतपुर्व एम एल ए दिपक गुप्ता र मोन्क्रिफ मन्दिर निर्माण अभियन्ता कृष्ण नादिमपालीको पनि उपस्थिती थियो ।
त्यसै गरी आयोजकले सप्ताह सम्पनार्थ लागेको आय र व्ययको विवरण एक हप्ताभित्र सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको छ । यस श्रीमद्भागवत महापुराण सप्ताहमा हामीलाई नेतृत्व गर्ने जीम्मेवारी दिनुभएकोमा सनातन समाज परिवार र क्यानबेराका सामाजिक संघसंस्थाहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।
हाम्रो “होस्टे ” लाई “हैंसे” गरी सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय स्वयंसेवक साथीहरूलाई एवं सल्लाहकारहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ। यस सप्ताहलाई सफल बनाउन दैनिक १६-१८ घण्टा खटिनुभएका सनातन समाजका साथीहरू विशेष गरी बासु चापागांई, लेखराज पोखरेल (प्रकाश), सन्तोष मल्ल, ईश्वर कोइराला, हेमन्त भन्डारी र बासु ढकालप्रति सम्मान व्यक्त गर्दछौँ । त्यसै गरी हरक्षेत्रबाट संयोजनकारी भुमीका निर्वाह गर्नुको साथै यो सप्ताहलाई यतिको उचाईसम्म पुर्याउन अहम भुमीका निभाउनुहुने डा. कृष्ण हमालको उच्च कदर गर्दछौँ । श्रीमद्भागवत महापुराण सप्ताह मूल आयोजक समितीका महासचिव बिक्रम सुबेदीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
सबै भन्दाबढी दान गर्नेहरुको सूची !
१
राजेश पाठक र रीता पाठक
६१,१११
२
बिवेक लोहोनी र सुमीत्रा जोशी
५५,५५५
३
आदर्शजंग पाण्डे र सृजना बस्नेत
५१,१०१
४
बिक्रम सुबेदि र जमुना कंणेंल
३५,५५५५
५
राजु अधिकारी र सुस्मा अधिकारी
२५,५५५५
६
डा. कृष्ण हमाल र उमा हमाल
२५,००१
७
प्रकाश लुइटेल र तनुजा सुवेदी
१५,५५५
८
जिवन राना र मिनु राना
१५,५०५
९
राम पठक अदिता उप्रेती
१४,५०५
१०
बिनोदराज घिमिरे र शर्मीला पौंडेल
१५,५०५
११
कृष्ण सुबेदी र संगीता पौंडेल
१५,५०५
१२
डा दुर्गादत्त कंडेल र बिना कणेंल
१५,५०५
१३
रामकृष्ण कार्की बिना कार्की
१५,५०५
१४
अनिल पौंडेल ,सीता पराजुली र बिन्दु पराजुली
१५,५०५
साथै क्यानबेराका नेपाली संघसंस्था स्पोर्ट्स क्लबहरु, दाताहरु, स्वयंसेवकहरु र नेपालबाट आउनुभएका बुवाआमाहरुप्रति श्रीमद्भागवत महापुराण सप्ताह मूल आयोजक समितीले कृतज्ञता ज्ञापन गरेको छ ।