Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा अध्ययनसँगै यतै बस्न चाहनुहुन्छ भने यी १० पेसा रोज्नुहोस् !
नेपालआईज
१० भदौ २०७९ १०:३१
क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिजले नेसनल स्किल्स विकको सुरुवात गर्दै आगामी पाँच वर्षमा सबै भन्दा बढी माग रहने शीर्ष १० वटा रोजगार (पेसा) को क्षेत्र समेत सार्वजनिक गरेका छन् ।
आगामी हप्ता हुने जब्स एन्ड स्किल्स सम्मिट (सम्मेलन) अघि रोजगारको क्षेत्रको सूची सार्वजनिक गरिएको हो । सम्मेलनले आर्थिक चुनौतीहरू र गम्भीर श्रम आपूर्ति अभावलाई सम्बोधन गर्न युनियन, रोजगारदाता, नागरिक समाज र सरकारहरूलाई एकसाथ ल्याउने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसले अस्ट्रेलियाको श्रम बजारको भविष्यलाई आकार दिन मद्दत अपेक्षा गरिएको छ । सम्मेलनको लक्ष्य बेरोजगारी, ज्याला वृद्धि, सीपको दीर्घकालीन व्यवस्थापन साथै महिला र पिछडिएका अस्ट्रेलियनहरूका लागि समान अवसरमा केन्द्रित हुनेछ ।
अल्बानिज सरकारका अनुसार अबको पाँच वर्षमा सर्वाधिक मागमा रहने १० मध्ये नौ जागिरहरू पोस्ट-सेकेन्डरी योग्यता आवश्यक हुनेछ । शीर्ष १० मागमा रहने पेसा यो सूची सीप प्राथमिकता सूची, जागिरका लागि रिक्त स्थानहरूको तथ्याङ्क तथा आगामी पाँच वर्षमा रोजगारीमा हुने अनुमानित वृद्धिमा आधारित छ ।
शीर्ष १० पेसाको सूची
निर्माण प्रबन्धकहरू सिभिल इन्जिनियरिङ पेशेवरहरू अर्ली चाइल्डहुड (पूर्व प्राथमिक विद्यालय) शिक्षकहरू दर्ता भएका नर्सहरू आइसिटी बिजनेस एन्ड सिस्टम एनालिस्ट सफ्टवेयर एन्ड एप्लिकेसन प्रोग्रामर इलेक्ट्रीशियन शेफ बाल हेरचाहकर्ताहरू एज्ड एन्ड डिसाबल्ड केरर पनि रहेका छन् ।