भिक्टोरियामा कामदारको उच्च माग, आगामी ३ वर्षामा ४ लाख दक्ष कामदारको अभाव हुने

भिक्टोरियामा कामदारको उच्च माग, आगामी ३ वर्षामा ४ लाख  दक्ष कामदारको अभाव हुने
नेपालआईज
१३ भदौ २०७९ २०:४८

 मेलबर्न ।  अस्ट्रेलियाको भिक्टोरिया राज्यमा आगामी ३ वर्षमा ४ लाख कामदारको अभाव हुने भएको छ । करिब ५० वर्षपछिकै सबैभन्दा कम बेरोजगार तथा बढ्दो रोजगारीका कारण भिक्टोरियाको अर्थतन्त्र वृद्धि रोकमा लगाउने चिन्ता बढेको छ ।

भिक्टोरियाको स्किल्स अथोरिटीको प्रतिवेदनले राज्यले विभिन्न क्षेत्रमा उपयुक्त कामदार नपाउने चेतावनी समेत दिएको छ । प्रतिवेदनका अनुसार भिक्टोरियाले सन् २०२५ मा ३ लाख ७३ हजार कामदारको कमी महसुस गर्नेछ ।

त्यसमध्ये ६५ हजार स्वास्थ्य तथा एज्ड एन्ड डिसाबिलिटी क्षेत्र, ९० हजार सेवा क्षेत्र, ४१ हजार शिक्षण क्षेत्र, ३४ हजार निर्माण तथा ६४ हजार आर्थिक सेवा र आइटीमा कर्मचारीको अभाव हुने भएको छ । मेलबर्नमा मात्रै पनि सन् २०२५ सम्म २ लाख ९० हजार ४ सय कामदारको अभाव हुनेछ । विभिन्न क्षेत्रमा भने ८२ हजार कामदारको अभाव हुने चेतावनी दिइएको छ ।

प्रतिवेदनका अनुसार भिक्टोरियामा देशको २० प्रतिशत कामदार रहेको छ । ७५ प्रतिशत कृषि, फरेस्ट्रि तथा मत्य व्यवसाय तथा ४४ प्रतिशत खानी र २६ प्रतिशत निर्माण क्षेत्रका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर