अस्ट्रेलियामा पार्टनरको दुर्व्यवहारले २२ लाख महिला र १४ लाख पुरुष पीडित

अस्ट्रेलियामा  पार्टनरको दुर्व्यवहारले २२ लाख महिला र १४ लाख पुरुष पीडित
नेपालआईज
१९ भदौ २०७९ १२:१२

 क्यानबेरा। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा जारी गरिएको नयाँ पर्सनल सेफ्टी सर्भे तथ्यांकअनुसार पार्टनरको भावनात्मक दुर्व्यवहारले अनुमानित २२ लाख अस्ट्रेलियन महिलाहरूलाई असर गरिरहेको छ ।

एबीएसका अनुसार भावनात्मक दुर्व्यवहार भनेको कुनै व्यक्तिले अन्य व्यक्तिको व्यवहारलाई रोक्न वा नियन्त्रण गर्ने उद्देश्यले उनीहरूलाई भावनात्मक हानि वा डर पैदा गर्ने निश्चित व्यवहार वा कार्यहरू गर्नु हो ।    एबीएसकाे तथ्यांकअनुसार १४ लाख पुरुष पनि यसको सिकार भएका छन् । समग्रमा ३६ लाख व्यक्तिले भावनात्मक दुर्व्यवहार भोगेका छन् । तथ्याङ्कले महिलाहरू बढी पीडित छन् ।

विश्लेषणले यो पनि फेला पारेको छ कि चार मध्ये एक महिला र छ मध्ये एक पुरुषले १५ वर्षको उमेरदेखि पार्टनरको भावनात्मक दुर्व्यवहारको अनुभव गरेका छन् । भावनात्मक दुर्व्यवहारको अनुभव गरेको रिपोर्ट गर्नेहरूमध्ये आधा भन्दा बढी महिला र एक चौथाइ पुरुषले पार्टनरबाट शारीरिक र/वा यौन हिंसा भोगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर