क्यानबेरा । बेलायती महारानी एलिजाबेथ द्वितियको निधनमा शोक मनाउन अस्ट्रेलियाले सेप्टेम्बर २२ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अस्ट्रेलियन प्रधानमन्त्री एन्थनी अल्बानिजले महारानी एलिजाबेथको निधनमा शोक मनाउन एक दिन बिदा दिने निर्णय गरिएको जनाएका छन् । उनले यसलाई महारानीको शोक दिवसको रूपमा रहेको बताए । अल्बानिजले प्रियमियर तथा मुख्य मन्त्रीहरुलाई सेप्टेम्बर २२ मा शोक दिवस मनाउन अनुरोध गरेका छन् । क्यानबेराको अस्ट्रेलियन संसद् भवनको ग्रेट हलमा बिहान ११:०० बजे नेसनल मेमोरियल सर्भिस आयोजना हुनेछ र एक मिनेट मौनधारण गरिने छ ।