युनाईटेड फुटबल क्लब बन्यो ‘नेपाल एम्बेसी कप २०२२’ को विजेता

युनाईटेड फुटबल क्लब बन्यो ‘नेपाल एम्बेसी कप २०२२’ को  विजेता
नेपालआईज
५ असोज २०७९ ७:१२

एसिटी ।   क्यानबेरामा सम्पन्न एक दिवसीय  नेपाल एम्बेसी कप २०२२ को  विजेता युनाईटेड फुटबल क्लब बनेको छ ।    युनाईटेडले   सेन्ट जर्ज नेपाली  फुटवल क्लबलाई हराउँदै  एक दिवसीय  फुटबल  प्रतियोगितामा प्रथम उपाधि हात पारेको हो । 

 “क्यानबेरा नेप्लिज फुटबल क्लबको आयोजनामा ” चौथो S&S र Right & Associates नेपाल एम्बेसी कप २०२२”,  अस्ट्रेलियन  इंस्टीट्यूट अफ स्पोर्ट्स (AIS) को  खेलमैदानमा  एक दिवसीय  फुटबल खेल भएको थियो । खेलमा  विजेता युनाईटेड  क्लबले   ४ हजार डलर शिल्ड तथा मेडल प्राप्त गरेको छ  । त्यस्तै उपविजेता सेन्ट जर्ज नेपाली बुटवल क्लबले  २ हजार,  शिल्ड  र तथा मेडल  हात पारेको थियो ।  साथै  फेयर प्ले टिम भने खुकुरी एफसीले हात पार्न सफल भएको थियो ।  खेलमा  उत्कृष्ट डिफेन्डर सेन्ट जर्ज नेपाली क्लबका शिव गिरी घोषित भए भने उत्कृष्ट मिडफिल्डरमा युनाइटेड एफसी मेलबर्नका सन्तोष तामाङ बन्न सफल भए। त्यस्तै उत्कृष्ट गोल किपरमा युएफसीबाट विवेक अधिकारी, सर्वोत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडी युएफसीबाट दर्शन गुरुङ घोषित गरिएका थिए।  

कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले  थिए भने  कार्यक्रममाको स्वयंसेवक क्लबका चूडामणि सापकोटा,  सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतका समुदायका सदस्यहरू रहेका थिए भने  व्यवस्थापनको जिम्मा  क्लबका सचिव प्रधुम्न दाहालले पाएका थिए  ।  

अस्ट्रेलिया स्थित  नेपाली  राजदूत  कैलाश राज पोखरेलको  प्रमुख आतिथ्यमा सम्पन्न   खेलकुद कार्यक्रमको  अध्यक्षता क्लबका अध्यक्ष सुरज पौडेलले गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर