काठमाडौं स्थित अधिवक्ता गोपाल दत्त पाण्डेय भन्छन् : ‘इजलास भित्र हथकडी लगाउन कानुनले निषेध गरेको छ । कुनै आरोपितलाई पक्राउ गर्दा हथकडी लगाउने नलगाउने कुरा थुनुवा भाग् नसक्ने, नसक्ने वा भाग्ने ,नभाग्ने कुरामा प्रहरीको पक्राउका निमित्त खटाएको प्रहरी कर्मचारीको विश्वास ,क्षमता र स्वविवेकमा भर पर्छ । थुनुवा भाग्न सक्ने वा नसक्ने अवस्थाको प्रहरिकर्मचारिकाे आकलनमा निर्भर गर्छ । आफै आत्मसमर्पण गरेर आएका सन्दीप जी भाग्न सक्ने आकलन गरी हथकडी लगाउनु अधिकारको अधिक प्रयोग वा दुरुपयोग भन्न सकिन्छ । हथकडी लगाउन पाउँछ तर नलगाउँदा नि हुने हो कानुनले लगाउनुपर्ने भन्ने होइन यस्तो प्रकारको अबिबेकिय व्यवहारले अनुसंधानकाे स्वच्छतामा शङ्का उत्पन्न हुनसक्छ। तर हथकडी लगाएकै विषयमा प्रहरीको चर्को आलोचना हुन जरुरी छैन ।’
अधिवक्ता गोपाल दत्त पाण्डेय, काठमाण्डाै।