नेपाल फेस्टिभल ब्रिस्बेन महापर्व हो, आउनुहोस एक दिनका लागि समय छुट्याऊँ

सन् २००८ मा ब्रिस्बेन आएका बिनोद भक्त आचार्य नेपाल फेस्टिभल ब्रिस्बेनका कमाण्डर हुन । उनी हाल (२०२१ – २०२३ कार्यकालका लागि) गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको उपाध्यक्ष एबम् गैर आवासीय नेपाली संघ क्विन्सल्याण्ड राज्य समितिको संयोजकको रुपमा भूमिका निर्वाह गरेका थिए । नेपालमा हुँदा पनि सामाजिक कार्य गर्दै आएक आचार्य नेपालमा पनि शिक्षा क्षेत्रमा संलग्न थिएँ। अस्ट्रेलिया आएपछि पनि बिभिन नेपाली संघ संस्थाहरुमा संलग्न रहेका आचार्य समुदायसंगको घुलमिल बाक्लो हुन थाल्यो । त्यसैले उनी सन् २००९ देखि गैर आवासीय नेपाली संघ अस्ट्रेलियामा सक्रिय रुपमा लागेका थिए । आचार्यसंग नेपाल फेस्टिभल ब्रिस्बेनको तयारीका बारेमा नेपाल आईजले गरेको कुराकानी :
नेपाल फेस्टिभल ब्रिस्वेनको तयारी अन्तिम चरणमा पुगेको हो ?
हो, अन्तिम चरणमा पुगेको हो। नेपाल फेस्टिभललाई भब्य रुपमा सफल बनाउन हामीले विभिन्न समिति र उपसमितिहरु गठन गरी धमाधम काम गरिराखेका छौं। कार्यक्रममा आउनुहुने सबै अतिथिहरूलाई निमंत्रणा गइसकेको छ। तल उल्लेखित अतिथिहरुले कार्यक्रममा हाम्रो निमंत्रणालाई स्वीकार समेत गरिसक्नु भएको छ:
- Hon. Steven Miles, Deputy Premier and Minister for State Development, Infrastructure, Local Government and Planning and Minister Assisting the Premier on Olympics Infrastructure in Queensland
- Hon. Leanne Linard MP, Minister for Children and Youth Justice and Minister for Multicultural Affairs
- Hon. Kailash Raj Pokharel, Nepal’s Ambassador to Australia
- अतिथिको रुपमा ब्रिसबेनबाट संघिय एम.पी. मा. Stephen Bates
- अतिथिको रुपमा ब्रिसबेन सिटी काउन्सिल सदस्य Vicki Howard
- अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष्य डा. बद्रि के सी
- गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष्य नन्द गुरुङ लगायत विभिन्न राज्य समन्वय समितीका संयोजक तथा प्रतिनिधिहरू
- क्विन्सल्याण्ड राज्यमा रहनु हुने बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरू
- क्विन्सल्याण्ड राज्यमा रहनु हुने नेपाली संघ संस्थाका प्रतिनिधिहरू
कार्यक्रमको महत्वपूर्ण आकर्षण नेपालको बिबिध संस्कृतिक झल्को दिने नेपाल परेडको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाललाई चिनाउने नेपाल हाउसको तयारी पनि अन्तिम चरणमा पुगेको छ। त्यसैगरी विभिन्न संस्कृतिक नाचगानहरुको लागि तयारी पनि भैराखेको छ। लोकप्रिय कलाकार दिपक बज्राचार्य एबम रिदम ब्याण्ड र लोकप्रिय गायक प्रकाश सपूतले प्रस्तुति गर्नका लागि सबै तयारी पुरा भएको छ। समग्रमा नेपाल फेस्टिवल भब्य रुपमा मनाउन तयारी अन्तिम चरणमा पुगेको छ।
ब्रिस्वेनमा नेपाल फेस्टिभल गरेर के सन्देश दिन खोज्नु भएको हो ?
अवश्य पनि नेपाल फेस्टिभल हामी सबैका लागि सुनौलो अवसर हो। यो संस्कृतिक झाँकी, बहुसांस्कृतिक समुदायलाई झल्काउने भेषभूषा, गीतसंगीत, नाच, एबम् नेपाली खानाको माध्यमबाट हाम्रो कला र संस्कृतिलाई बिश्व सामु र हाम्रो आफ्नै दोस्रो पुस्तालाई चिनाउने अवसर हो। यसैगरी हाम्रा कला, भेषभुषाहहरूको प्रदर्शनले नेपालका बारेमा जान्ने वा जान्न खोज्नेहरूलाई सहयोग गर्दै नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने र पर्यटकहरूलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि यस कार्यक्रमले राखेको छ।
विगतका नेपाल फेस्टिभल भन्दा के के फरक छ अहिले ?
ब्रिस्बेनमा नेपाल फेस्टिभल बिगतमा ४ पटक आयोजना भैसकेको छ। यो पाँचौ नेपाल फेस्टिवल हो। एन आर एनले अस्ट्रेलियामा नेपाल र नेपाली संस्कृति चिनाउनका लागि गरिने निरन्तर कार्यक्रम भएको हुनाले धेरै जसो कार्यक्रमहरु पहिलेको जस्तै निरन्तर नै हुनेछन। तर हरेक पटक पहिलेको भन्दा परिस्कृत र ब्यबस्थित रुपमा आयोजना गर्न निरन्तर प्रयासरत छौं।
नेपाल फेस्टिभलमा सहभागी हुन किन छुटाउनु हुँदैन ?
नेपाल फेस्टिभल संस्कृतिक झाँकी, बहुसांस्कृतिक समुदायलाई झल्काउने भेषभूषा, गीतसंगीत, नाच, एबम् नेपाली खानाको माध्यमबाट हाम्रो कला र संस्कृतिलाई बिश्व सामु र हाम्रो आफ्नै दोस्रो पुस्तालाई चिनाउने कार्यक्रम हो। यसैगरी हाम्रा कला, भेषभुषाहहरूको प्रदर्शनले नेपालका बारेमा जान्ने वा जान्न खोज्नेहरूलाई सहयोग गर्दै नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने र पर्यटकहरूलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि यस कार्यक्रमले राखेको छ। साथै दिउसो ३ बजे देखि बेलुका ५ बजे सम्म स्थानीय कलाकारहरूको कला प्रस्तुति हुनेछ भने बेलुका ५ बजे देखि साँझ १० सम्म नेपालबाट आउनुहुने कलाकारहरू (दिपक बज्राचार्य एबम रिदमब्याण्ड र लोकगायक प्रकाश सपूत) द्वारा सांगीतिक प्रस्तुति हुनेछ। हामी नेपालीहरु उक्त कार्यक्रममा सहभागी भएर नाचगान गरेर रमाइलो पनि गर्ने हो। तसर्थ हामी सबैले एक दिन नेपाल प्रबर्धन गर्न र आफ्नै समुदाय संग रमाइलो गर्न अवस्य पनि उक्त कार्यक्रम छुटाउनु हुदैन।
राज्य सरकारका प्रतिनिधहरु को को आउनु हुन्छ ?
सरकारको प्रतिनिधिको रुपमा हालसम्म निम्न अतिथिहरूले हाम्रो निमंत्रना स्वीकार गरिसक्नु भएको छ:
प्रमुख अतिथिको रुपमा क्विन्सल्याण्ड राज्यका डेपुटी प्रिमियर तथा State Development, Infrastructure, Local Government and Planning मन्त्री मा. Steven Miles
बिशेष अतिथिको रुपमा क्विन्सल्याण्ड राज्यका बालबालिका, युवा न्याय एबम बहु संस्कृतिक मामिलासम्बन्धि मन्त्री Leanne Linard
अतिथिको रुपमा ब्रिसबेनबाट संघिय एम.पी. मा. Stephen Bates
अतिथिको रुपमा ब्रिसबेन सिटी काउन्सिल सदस्य Vicki Howard
त्यसैगरी अस्ट्रेलियाका लागि राजदूत महामहिम कैलाश राज पोख्रेल तथा गैर आवासीय नेपाली संघ अन्तर्रराष्ट्रिय समन्वय समितिका अध्यक्ष्य डा. बद्रि के सीको समेत बिसेष उपस्थिति हुनेछ।
फेस्टिभलमा कति खर्च हुने अनुमान गर्नुभएको छ ?
नेपाल फेस्टिवल आयोजना गर्न अस्ट्रेलियन डलर १ लाख खर्च हुने अनुमान गरेका छौं।
अन्तमा के भन्न चाहानु हुन्छ ?
आउनुहोस् तपाईको एक दिन मातृभूमीका लागि छुट्याऊँ। तपाईको सहभागिताले यो कार्यक्रम अझै भब्य बन्न सक्नेछ। प्रत्येक दुई बर्षमा हुने यो महापर्बमा सहभागी बनौ। आफू आउंदा कम्तिमा एक जना स्वदेशी वा बिदेशी साथीलाई पनि संगै साथमा लिएर आऊँ।
