अनेसास क्विन्स्ल्याण्डको सभापतिमा केशव शर्मा

अनेसास क्विन्स्ल्याण्डको सभापतिमा केशव शर्मा
नेपालआईज
१ मंसिर २०७९ ६:५९


ब्रिस्बेन । अन्तर्राष्ट्रिय नेपाली साहित्य सञ्जालसँग आवद्ध अनेसास क्विन्स्ल्याण्ड च्याप्टर अस्ट्रेलियाको सभापतिमा केशव शर्मा चयन भएका छन् ।
क्विन्स्ल्याण्डमा रहेका नेपाली भाषा र साहित्य प्रेमीहरुको संस्थाको रुपमा परिचित अनेसासको यो बर्षको बार्षिक साधारण सभाले राजन कोइरालाई उपसभापतिमा चयन गरेको छ ।
त्यस्तै, सचिवमा इशा शर्मा कोइराला, कोषाध्यक्षमा विनोद भक्त आचार्य निर्वाचित भएका छन् भने सदस्यहरुमा मोहन शर्मा काफ्ले, रजनी खड्का, रिना पराजुली, गिरीराज खनाल र तारा बहादुर डाँगी रहेका छन् ।
सभापति केशव शर्माको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभाले संस्थाका विगतका गतिविधीहरु लगायत आर्थिक प्रतिवेदनहरुमा छलफल गर्दै सहमतिले पारित गरेको थियो ।
अनेसासले केही बर्षयता ब्रिसबेनमा ३, ३ महिनामा नियमित रचना वाचन लगायत अन्य साहित्यिक गतिविधी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर