सिड्नी। नेपालीहरुको बाक्लो बस्ती भएको न्यू साउथ वेल्सको डब्बोस्थित नेपाली समुदायले नयाँ नेतृत्व पाएको छ ।
नयाँ कार्यसमिति गठनका लागि यही १३ नोभेम्बरमा आयोजित भेलाले सुनिल भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । उक्त भेलाले सचिवमा ज्योति कार्की र ट्रेजररमा राजिव भट्टराई निर्वाचित गरेको छ ।
त्यस्तै सदस्यहरुमा दुकुम पुन, सफल पोखरेल, किशोर केसी, नविन खड्का, कमल पुन, सरोज पौडेल, सर्मिला महर्जन, निशा पौडेल दिनेश थापा, दिनेश अधिकारी, रमेश शर्मा, डोलराज ढकाल, अस्मित अर्याल विकाश दवाडी, अच्यूत लुँइटेल, प्रेम दाहाल र सौरभ ढकाल रहेका छन् ।