एजेन्सी । अस्ट्रेलिया निवासी ब्राजिलकी एक महिलाले आफ्नो ट्राभल एजेन्टले ३० हजार डलर ठगी गरेको थाहा पाएपछि आफ्नो विदा मनाउने उदेश्यमाथि तुसारापात भएको बताएकी छिन् । अस्ट्रेलियामा बस्ने मारिया (नाम परिवर्तन गरिएको), ले आफ्नो कथा एउटा डकुमेन्ट्रीमा साझा गरेपछि उक्त कुरा बाहिर आएको हो ।
उनले राफेल बेसाको ट्राभल एजेन्सी, राफेल बेसा सिग्नेचर ट्राभलसँग बुक गरिन् र विदाको व्यवस्था गर्न उनलाई १५ हजार डलर तिरिन् । मारिया र उनको परिवारले महाद्वीप वरिपरि भ्रमणको योजना बनाए र स्कीइङका दुई ब्लकहरू बुक गरे । सुरुवातमा सबै ठिक देखिएपनि जब उनीहरुले तेस्रो होटलबाट बाहिरिए होटल व्यवस्थापकले उनीहरु बसेको कोठाको रकम नतिरिएको बताए । होटल व्यवस्थापकले ट्राभल एजेन्टले कुनै रकम नतिरेको बताए ।
मारियाले बेसासँग सम्पर्क गर्दा उनले रकम फिर्ता गर्ने वाचा गरेपनि रकम फिर्ता गरेनन् । बेसाले बारम्बार रकम फिर्ता गर्ने बताइरहँदा उनीहरु भने आफ्ना यात्रा जारी राखे । उनीहरुलाई प्रत्येक पटक होटलमा बसेको रकम तिर्नुपर्ने हुन्थ्यो । समग्रमा मारियाले ३० हजार डलर गुमाइन् । जसमध्ये १५ हजार एडभान्समा तथा १५ हजार होटललाई तिर्न । मारियाले आफ्नो अनुभव बेसाको समाजिक सञ्जालमा पोस्ट गरेपछि बेसाले त्यसलाई डिलिट गरे ।