अस्ट्रेलिया निवासी डा.भरत राज पौडेल रबीको नागरिकता प्रकरण बारे सामाजिक संजालमा लेख्छन् :
एकटकको नेपाली सेँधैको नेपाली!! लागु हुने कसरी? राष्ट्रपति कहाँ पुगेको विधेयक कसले अलपत्र पार्यो? त्यसैले…..रबी लामिछानेको नागरिकता विवाद त उम्मेदवार भईवरी चुनाव जितेर सांसद भइसकेकाले ढिलो चाँडो अदालतले वैद्य बनाउला तर वर्षौँ देखी विदेशी नागरिकता लिएर पनि नेपाली नागरिकता नत्यागेका र नेपाल जाँदा विदेशी नागरिक भए पनि नेपाली सरह सुविधा लिएकालाई ठिक पार्न केही गर्न पर्दैन। सरकारले नै ६ महिनाको म्याद दिए पुग्छ।६ महिना भित्र नेपाली नागरिकता त्यागेको घोषणा नगरे पछि पत्ता लागे सम्पत्ति बेचबिखन व्यापार र अन्य गतिविधिका लागि रोकटोक हुने र लाखौँ जरिबाना हुने भनेर तोके पुग्छ। सरकारी ढुकुटीमा डलर बढाउने नयाँ तरिका पनि हो यो।हरेक पटक विमानस्थलको इमिग्रेसन डेस्कमा नागरिकता डिक्लेरेसन काउन्टर राखौँ काम भइहाल्छ। एक चोटि ढाँट्ला दोस्रो पटक सक्दैन कसैले।राष्ट्रपति कहाँ पुगेर अड्किएको विधेयकको भविष्य भन्न सकिन्न, कसका हातमा पर्छ।
नेपालमा रबीको नागरिकता प्रकरण चर्कदै गर्दा अस्ट्रेलिया निबासी डा भरत राज पौडेलले सामाजिक संजालमा लेख्नुभएको टिप्पणीलाइ हामीले हाम्रो स्तम्भमा राखेका छौं ।