नेपालमा बस्‍ने व्यक्तिलाई विदेशमा लगानी गर्न प्रतिबन्ध

नेपालमा बस्‍ने व्यक्तिलाई विदेशमा लगानी गर्न प्रतिबन्ध
नेपालआईज
४ माघ २०७९ १७:५६

नेपाल । नेपाल राष्ट्र बैंकले नेपालमा बसोवास गर्ने व्यक्तिलाई विदेशमा कुनै पनि प्रकारको पुँजीगत लगानी गर्न प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले विज्ञप्ति जारी गरी विदेशमा घर–जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सचेत गराएको हो ।

विदेशी विनिमय ऐनले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र तोकिएको व्यवस्थाबाहेक कानुनविपरीत विदेशमा लगानी गरेको भेटिएमा कारबाही हुने पनि बैंकले चेतावनी दिएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ९ (ग) ले तोकिदिएको व्यवस्थाबाहेक नेपालमा बसोबास गर्ने व्यक्तिलाई विदेशमा पुँजीगत लगानी गर्न प्रतिबन्ध लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको