नेपालबाटै सिधै अष्ट्रेलियाको पीआर आवेदन दिन मिल्ने, दक्षता र अनुभव नै मुख्य आधार

नेपालबाटै सिधै अष्ट्रेलियाको पीआर आवेदन दिन मिल्ने, दक्षता र अनुभव नै मुख्य आधार
नेपालआईज
१२ असार २०८३ २१:२६

काठमाडौँ । “उच्च शिक्षाका लागि नेपालीहरूको प्रमुख गन्तव्य बन्दै आएको अष्ट्रेलियामा अध्ययनका लागि मात्रै होइन, निश्चित योग्यता र सीप भएका व्यक्तिहरूले नेपाल  लगायत विश्वबाटै सिधै स्थायी बसोबास (PR) का लागि आवेदन दिने कानुनी व्यवस्था पनि रहेको माइग्रेसन विज्ञहरूले बताएका छन्।

अष्ट्रेलियाको एडिलेडस्थित माइग्रेसन एजेन्ट सुभास मिश्रका अनुसार यदि कुनै व्यक्ति आफ्नो सम्बन्धित पेशामा दक्ष र विशेषज्ञ छ भने नेपाल वा संसारको जुनसुकै कुनाबाट पनि अष्ट्रेलियाको पीआरका लागि योग्य हुन सक्छन्।

विशेषगरी कृषि , व्यवस्थापन , विज्ञान , स्वास्थ्य तथा चिकित्सा , शिक्षा , सूचना प्रविधि , वित्त, अर्थशास्त्र  र पत्रकारिता  जस्ता क्षेत्रका योग्य र अनुभवी व्यक्तिहरूले नेपालबाटै सिधै पीआरका लागि आवेदन दिन सक्ने मिश्रले जानकारी दिए।

तर, सम्बन्धित पेशामा आबद्ध हुँदैमा मात्रै पीआर सुनिश्चित नहुने उनको भनाइ छ। अष्ट्रेलियाको अध्यागमन नियम अनुसार स्थायी बसोबासको प्रक्रियामा आवेदकको अंग्रेजी भाषाको दक्षता , शैक्षिक योग्यता , कार्य अनुभव  र उमेर जस्ता पक्षहरूले महत्वपूर्ण भूमिका खेल्छन्।

यसका साथै सम्बन्धित पेशाको विशिष्ट आवश्यकताहरू  जस्ता प्राविधिक मापदण्डहरूले पीआर प्राप्त हुने वा नहुने कुरामा निर्णायक भूमिका खेल्ने हुनाले आवेदन दिनुअघि आफ्नो प्रोफाइलको सही मूल्याङ्कन गराउन आवश्यक रहेको मिश्रले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको