अस्ट्रेलिया । मिशेल बुलक रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) को गभर्नर बन्ने भएकी छन् । हालका गभर्नर फिलिप लोवेको कार्यकाल दुई महिनामा सकिएपछि बुलक गभर्नर बन्ने भएकी हुन् । सन् १९५९ मा स्थापना भएको आरबीएमा बुलक पहिलो महिला गभर्नर हुने छिन् ।
गभर्नरको रूपमा लोवेको सात वर्षको कार्यकाल सेप्टेम्बर १७ मा समाप्त हुने तथा उनको कार्यकाल विस्तार नगरिने भएको छ । प्रधानमन्त्री एन्थनी अल्बानीजले बुलक योग्य भएको बताएका छन् ।
आरबीएमा करिब चार दशकको सेवा गरेकी बुलकले भर्खरै डेपुटी गभर्नरको रूपमा समेत काम गरेकी थिइन् ।