न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।
करिब छ वर्षपछि आगामी फेब्रुअरी ७ मा जासिन्डाले शीर्ष पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
४२ वर्षीया जासिन्डा पहिलो पटक २०१७ मा निर्वाचित भएकी थिइन् । उनले आफ्नो कार्यकालभर लोकप्रियता पाएकी छिन् । तर हालका महिनाहरूमा उनको अनुमोदन मूल्याङ्कन घटेको छ।
एक सन्तानकी आमाले जासिन्डाले आफ्नो परिवारसँग धेरै समय बिताउन चाहेको बताएकी छन् ।
एजेन्सी