कार दुर्घटनामा न्युजिल्यान्डमा मृत्यु भएका दिलीपको शब नेपाल पठाउन आर्थिक अभियान जारी !

कार दुर्घटनामा न्युजिल्यान्डमा मृत्यु भएका दिलीपको शब नेपाल पठाउन आर्थिक अभियान जारी !
नेपालआईज
१७ माघ २०७९ १०:३७

न्युजिल्यान्ड । कार दुर्घटनामा मृत्यु भएका दिलीप दराईको शब नेपाल पठाउन आर्थिक सहयोग गर्नका लागि फन्ड संकलन कार्य चलिरहेको छ । न्यूजिल्यान्डको साउथल्यान्डमा एक डेरीमा काम गर्दै गरेका दिलिपको जनवरी २४ मा एक कार दुर्घटनामा मृत्यु भएको थियो ।
उनको परिवारलाई आर्थिक सहयोग गर्नका लागि जारी फन्ड संकलनमा सहयोग गर्न एनआरएनए न्यूजिल्यान्डले आग्रह समेत गरेको छ ।
दिलिपको पार्थिव शरिर नेपाल पुर्‍याउने उदेश्ले फन्ड संकलनको कार्य भइरहेको एनआरएनए न्यूजिल्यान्डले जनाएको छ । फन्डमार्फत २५ हजार डलर उठाउने लक्ष्य रहेको छ ।

सहयोगका लागि यो लिंकमा जानुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर