वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन
नेपालआईज
२२ माघ २०७९ ११:०९

नेपाल । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ । लघुवित्तले माघ २२ (आइतबार) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन सुरु गरेको हो ।

लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको जनाएको छ । यो संस्थाले वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ९ हजार ७ सय कित्ता शेयर निष्काशन गरेको छ । यो संख्या कुल शेयर निष्काशनको १० प्रतिशत हो ।

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट ९७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

फागुन ८ गतेसम्म आवेदन दिन सक्ने पनि लघुवित्तले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको