क्यानबेरा । अस्ट्रेलियामा आफ्नै २ वर्षीया नातिनीलाई बारम्बार यौन दुर्व्यवहार गरेको भिडियो टिकटकमा पोस्ट गरेको आरोपमा ५० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आइतबार क्यानबेराबाट पक्राउ गरिएको हो । घटनाको अनुसन्धान यौन दुर्व्यवहार तथा बाल दुर्व्यवहार टोली र एसीटी संयुक्त बाल शोषण विरोधी टोलीले गरिरहेका छन् ।
गत २७ जनवरीमा अस्ट्रेलियाको संघीय प्रहरी बाल संरक्षण ट्राइएज युनिटले बाल दुर्व्यवहार सामग्री सामाजिक सञ्जालमा अपलोड भएको रिपोर्ट प्राप्त गरेको थियो ।