आरबीएद्वारा नवौं पटक ब्याजदर बृद्धि, ३.३५ प्रतिशत पुग्दा अस्ट्रेलियामा परिवार चलाउन थप जटिल

आरबीएद्वारा नवौं पटक ब्याजदर बृद्धि, ३.३५ प्रतिशत पुग्दा अस्ट्रेलियामा परिवार चलाउन थप जटिल
नेपालआईज
२४ माघ २०७९ ५:५१

अस्ट्रेलिया – रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले लगातार नवौं पटक ब्याजदरमा बृद्धि गरेको छ । ब्याजदरमा बृद्धिसँगै परिवार चलाउन अस्ट्रेलियनहरुलाई थप जटिल हुने भएको छ ।
आरबीएको बोर्डले आधिकारिक नगद दरलाई २५ आधार बिन्दुले बढाउने निर्णय गरेको छ भने आधारभूत दर ३.१ प्रतिशतबाट ३.३५ प्रतिशतमा पुर्‍याइएको छ ।
यससँगै ३० वर्षभन्दा बढीको लागि ५ लाख डलर ऋणमा ऋण लिनेले आफ्नो मासिक भुक्तानी सेवामा थप ८१ डलर थप्नुपर्ने भएको छ ।
अप्रिल २०२२ देखि- जतिबेला ब्याज दर ०.१० प्रतिशत मात्र थियो- सोही ऋणको भुक्तानी मासिक ९६९ डलर वा वर्षमा ११,६२८ ले बढेको छ ।
आरबीएका गभर्नर फिलिप लोवे घरखर्च थपिने बताए । लोवेले मुद्रास्फीति ७.८ प्रतिशतले बृद्धि हुँदा ब्याजदरमा थप वृद्धि हुन सक्ने चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर