Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. डिला सग्रौलाले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि गौरआवसिय नेपाली लाई नागरिकता दिनुपर्ने बताउनुभएको छ । जनसम्पर्क समिति क्यानवेरा ले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै बिदेशमा रहेका लाखौ नेपाली लाई नेपालमा लगानिको वातावरण बनाउन पनि नागरिकता कोशेढुग्गा बन्ने दाबी गर्नुभयो । समिति र संसदमा लामो छलफल पछि पास भएपनि राष्ट्रपतिबाट रोकिनु दु:खद भएको बताउनुभयो ।
जनसम्पर्क समिति क्यानवेराका अध्यक्ष ललित मल्लले विदेशमा रहेका नेपालीहरुको देश दुखेको बेला सहयोग गर्ने गरेको भन्दै प्रवासी नेपालीको भावनाको सम्बोधन गर्न माँग गर्नु भयो ।
कार्यक्रममा अष्ट्रेलियाका बिभिन्न राज्य बाँट सहभागी जनसम्पर्क समिति र एनआरएनसम्बद्द नेताहरुले विश्वका ५० भन्दा बढी मुलुकले दोहोरो नागरिकता स्वीकार गरेको भन्दै नेपाले पनि छिटै कानुन बनाउनेमा आसाबादी रहेको बताए।