Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाल फेस्टिभल डार्विन–२०२२ ले पायो अवार्ड, आगामी जुन १० मा पनि नेपाल फेस्टिभल हुँदै
नेपालआईज
२९ माघ २०७९ ५:४९
छत्र शंकर ।
अस्ट्रेलियास्थित नेपाल फेस्टिभल डार्विनले कम्युनिटी एक्टिभिटी अफ द इयर अवार्ड जितेको छ । २०२३ सिटिजन अफ द इयर अवार्डअन्तर्गत नेपाल फेस्टिभल डार्विन अवार्ड जितेको हो ।
नेसनल अस्ट्रेलिया डे काउन्सिलअन्तर्गत रहेको अस्ट्रेलिया डे काउन्सिल–डार्विनले यो अवार्ड प्रदान गरेको हो । महोत्सवमा तीन सयभन्दा बढी स्वयंसेवक र करिब १० हजार जना सहभागी भएका थिए ।
२०२२ नेपाल फेस्टिभलले नेपालको विविध जातजाति, कला, संस्कृति, खाना, लोक–संस्कृति, कथा र लोककथाहरूलाई नेपाल महोत्सवको माध्यमबाट अस्ट्रेलियामा प्रबद्र्धन गरेको भन्दै अवार्ड प्रदान गरिएको हो ।
सन् २०२२ मा डार्विनमा भएको नेपाल फेस्टिभलमा नेपाली रक ब्यान्डले सांगीतिक प्रस्तुति पनि दिएको थियो । गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका उपाध्यक्ष तथा नदर्न टेरिटोरिका राज्य संयोजक विष्णु चापागाईले भने, ‘यो अवार्डले अस्ट्रेलियामा रहेका नेपालीहरूको शान अझ बढेको छ ।’ अन्य राज्यमा हरेक दुई वर्षमा नेपाल महोत्सव हुने गरेको भए पनि नदर्न टेरिटोरीमा प्रत्येक वर्ष नै हुँदै आएको छ ।
‘डार्विनहुने महोत्सवमा वास्तविक नेपालको चित्रण गरिन्छ’, संयोजक चापागाईँले भने, ‘हामीले बढीभन्दा बढी अस्ट्रेलियनहरूलाई महोत्सवमा सहभागी गराउँदै आएका छौँ । ‘नेपाल फेस्टिभलमा नेपाल हाउस, गोरखा हाउस तथा नमुना धरहराको सुरुवात हामीले नै गरेका हौँ’, चापागाईँले भने, ‘अन्य राज्यहरूमा पनि यसको आकर्षण बढेको छ ।
।
गैरआवासीय नेपाल सङ्घ नदर्न टेरिटोरीले आयोजना गरेको नेपाल फेस्टिभल- २०२२ले अवार्ड पाएपछि त्यहाँका मुख्यमन्त्री नताशा फाईल्सले समेत बधाई दिएकी छन् ।
नेपाल फेस्टिभल डार्विन २०२३ जुन १० मा हुने
‘फेस्टिभललाई थप उत्कृष्ट बनाउन नेपाली समुदाय अहिलेदेखि नै सक्रिय रहेको छ’, चापागाईँले नेपाल आइजसँग भने, ‘राज्य सरकारले पनि यस वर्ष हामीलाई राम्रै बजेट दिने प्रतिबद्धता जनाएकाले हामीले स्थापित राष्ट्रिय कलाकारहरूको उपस्थितिमा महोत्सव मनाउने तयारी गरेका छौँ ।’
यसैबीच, नेपाल फेस्टिभल २०२३ जुन १० मा डार्विनमा हुने भएको छ । अस्ट्रेलियामा नेपाल चिनाउने अभियानमा यस वर्षको महोत्सवले थप ऊर्जा दिएको छ ।
यसैबीच, सिटिजन अफ द इयर–काये टालबोट कायले अपाङ्गता भएका टेनपिन बलरहरूलाई प्रशिक्षण दिने र उनीहरूलाई मनपर्ने खेलमा सहभागी हुन सुरक्षित र सहज वातावरण उपलब्ध गराएको १५ वर्ष पूरा भएको अवसरमा कदर स्वरूप यस वर्षको सिटिजन अफ द इयर अवार्ड जितेकी हुन् ।
योङ्ग सिटिजन अफ द इयर– एरिका माओ लु एरिकाले स्टार लाइट फाउन्डेसन, एन्सरिङ द क्राइ अफ द पुअर, चाल्स डार्विन युनिभर्सिटी करियर सेन्टर, फलिपिनो–अस्ट्रेलियन एसोसिएसन नदर्न टेरिटोरी र यंग प्रोफेसनल रोटरेक्ट नदर्न टेरिटोरीलगायत संस्थाका लागि स्वयंसेवकको रूपमा काम गर्नुका साथै युवाहरूको समुदायमा सक्रिय छिन् ।