न्यूजिल्यान्डमा गेब्रिएल आँधीका कारण आपत्काल घोषणा, जनजिवन त्रसित

न्यूजिल्यान्डमा गेब्रिएल  आँधीका कारण आपत्काल घोषणा, जनजिवन त्रसित
नेपालआईज
२९ माघ २०७९ १०:२९



एजेन्सी । न्यूजिल्यान्डको नर्थ आइल्यान्डमा गेब्रिएल नामक चक्रवातलाई लिएर चेतावनी दिइएको छ । नर्थ आइल्यान्डको केही क्षेत्रमा चक्रवातका कारण तीव्र हावा र भारी वर्षा सुरु भएको छ ।



उक्त क्षेत्रहरुमा हावा तथा वर्षा अथवा दुबैको चेतावनी दिइएको छ । नर्थल्यान्ड, अकल्यान्ड, कोरोमान्डेल र गिसबोर्न ताइराह्विटीमा भारी वर्षाको चेतावनी दिइएको छ ।


नर्थल्यान्ड, अकल्यान्ड र कोरोमान्डेलमा ठूलो हावाहुरु आउने चेतावनी समेत दिइएको छ ।
चक्रवातका कारण हजारौ मानिसको घरमा विद्युत अवरुद्ध भएको छ भने कोरोमान्डेल र गिसबोर्नबाट मानिसहरुलाई उद्दार सुरु गरिएको छ । अकल्यान्ड सर्भिसले आवश्यक बाहेक सोमबार र मंगलबारका लागि सबै सेवा बन्द गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर