Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
डार्विनका नेपाली विद्यार्थी आशिष ‘२०२२ इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ को फाइनलमा
नेपालआईज
४ फागुन २०७९ १८:०७
छत्र शंकर-
डार्विनमा अध्ययनरत नेपाली विद्यार्थी आशिष घिमिरे २०२२ इन्टरनेसनल स्टुडेन्ट अफ द इयरको फाइनलमा प्रवेश गरेका छन् । घिमिरे क्यानटरबरी इन्स्टीच्यूट अफ म्यानेजमेन्टमा ब्याचलर अफ विजनेस अध्ययनरत छन् ।
घिमिरे क्यानटरबरी इन्स्टीच्यूट अफ म्यानेजमेन्ट स्टुडेन्ट एसोसियसनको अध्यक्ष तथा नेप्लिज एसोसियसन अफ नरदर्न टेरिटरीका सदस्य हुन् ।
केही वर्षहरूमा घिमिरेले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू र कार्यशालाहरू आयोजना गरेका छन् र सीआईएम डार्विन क्याम्पसमा अध्ययन गर्न आउने नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नि:शुल्क एयरपोर्ट पिकअप प्रदान गरिरहेका छन् ।
‘मैले यो पुरस्कारको लागि आवेदन दिनुको एउटा कारण एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा मेरो जीवनभर देखाइएको जोश, त्याग र अनुशासन हो । अस्ट्रेलियाको नरदर्न टेरिटरीमा अध्ययन प्रवर्द्धन गर्न पाउँदा मलाई असाध्यै खुसी लाग्छ,’ घिमिरेले भने ।
”डार्विनमा समस्यामा परेका विद्यार्थीहरूलाई मैले निस्वार्थ सहयोग गरेको थिए, तर मेरो मूल्याङ्कन को देख्दा मलाइ समाजसेवामा लाग्न थप हौसला मिलेको छ, आशिषले नेपाल आईज सँग भने ।
फाइनचरणमा प्रवेश गरेका अन्य ६ जनामा अमेरिकाकी अन्ना बेले पर्मेन्टर, जसले चार्ल्स डार्विन विश्वविद्यालय अध्ययनरत छिन् ।
फाइनचरणमा प्रवेश गरेका अन्य चार जनामा अमेरिकाकी अन्ना बेले पर्मेन्टर, जसले चार्ल्स डार्विन विश्वविद्यालय अध्ययनरत छिन् ।
स्लोभाकियाकी एमा किटोभा, जसले चार्ल्स डार्विन विश्वविद्यालयमा नर्सिङको मास्टर गर्दे छिन् ।
त्यसैगरी भारतकी ईशा राणा, चार्ल्स डार्विन विश्वविद्यालयकै मास्टर अफ टिचिङ विद्यार्थी हुन् ।
भियतनामकी रोजी गुयेन जस ले चार्ल्स डार्विन विश्वविद्यालयकै आईटी (सूचना प्रणाली र डाटा विज्ञान) मा मास्टर गरिरहेकी छिन् ।
चीनका युकिङ ‘क्रिस्टल’ झाओ, चार्ल्स डार्विन विश्वविद्यालयमा मास्टर अफ टिचिङ गर्दै छन् ।
फाइनल चरणमा प्रवेश गरेका विद्यार्थीहरूको तस्बिर सहितको सूचना राख्दै नदर्न टेरिटोरिकी शिक्षा मन्त्री नागरी आह किटले भनेकी छन् ,’‘ यो पुरस्कारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ र बहुसांस्कृतिकलाइ जीवन्त बनाउँछ ।